YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 118:22-29

भजनसंग्रह 118:22-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ। आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्‍दित होऔं र रमाऔं। हे परमप्रभु, हामीलाई बचाउनुहोस्‌, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्‌। परमप्रभुको नाउँमा आउने धन्‍यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्‍छौं। परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँले हामीमाथि आफ्‍नो प्रकाश चम्‍कन दिनुभएको छ। हातमा स्‍याउला लिएर शोभायात्रामा वेदीका सीङहरूसम्‍म हर्षसाथ जाओ। तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, र म तपाईंमा धन्‍यवाद चढ़ाउनेछु। तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, र म तपाईंलाई उच्‍च पार्नेछु। परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्‍छ। उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 118 पढ्नुहोस्

भजनसंग्रह 118:22-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

घर बनाउनेहरूले बेकामको भनेर फ्‍याँकेको ढुङ्गाचाहिँ शिर-ढुङ्गा भएको छ। यो परमप्रभुले गर्नुभएको हो; यो कति उदेकको कुरा छ! आज परमप्रभुको विजयको दिन हो, हामी आनन्‍द गरौं र उत्‍सव मनाऔं। हामीलाई बचाउनुहोस्, परमप्रभु, हामीलाई बचाउनुहोस्! हामीलाई सफल गराउनुहोस्, हे परमप्रभु! परमप्रभुको नाममा आउनुहुनेलाई परमेश्‍वरले आशिष् देऊन्, परमप्रभुको मन्‍दिरबाट हामी तपाईंलाई आशीर्वाद दिन्‍छौं। परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ, उहाँले हामीमाथि भलाइ गर्नुभएको छ। हातमा हाँगाबिंगा लिएर चाड मनाउन सुरु गर र वेदीको चारैतिर फेरो लाओ। तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ, म तपाईंलाई धन्‍यवाद चढाउँदछु, म तपाईंको महान्‌ताबारे ठूलो स्‍वरले भन्‍नेछु। परमप्रभुलाई धन्‍यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्‍छ र उहाँको प्रेम अमर छ।

भजनसंग्रह 118:22-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो; यो याहवेहले गर्नुभएको हो; अनि यो हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ। आजको दिन याहवेहले सृजनुभएको हो; यसमा हामी आनन्द मनाऔँ र रमाऔँ। हे याहवेह, हामीलाई बचाउनुहोस्; हे याहवेह, हामीलाई सफलता दिनुहोस्! याहवेहको नाममा आउने धन्यको हो, हामी याहवेहको भवनबाट तिमीहरूलाई आशीर्वाद दिन्छौँ। याहवेह नै परमेश्‍वर हुनुहुन्छ; र उहाँले आफ्नो ज्योति हामीमाथि चम्काउनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा सहभागी होओ, हर्षकासाथ डोरीहरूले वेदीका सिङहरूमा बाँध! तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद चढाउनेछु; तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई उच्‍च पार्नेछु। याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 118 पढ्नुहोस्

भजनसंग्रह 118:22-29 पवित्र बाइबल (NERV)

जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्। त्यही मूल ढुङ्गा हुन गयो। परमप्रभुले यस्तो बनाउनु भयो। अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं। आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो। फेरि आज प्रफुल्लित र खुशी हौं! मानिसहरूले भने, “परमप्रभुको प्रशंसा गर! परमप्रभुले हामीलाई बचाउनु हुन्छ! परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।” पूजाहारीहरूले जवाफ दिए, “हामी तपाईँलाई परमप्रभुको मन्दिरमा स्वागत गर्दछौं! परमप्रभुनै परमेश्वर हुनुहुन्छ। अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ। भेंडाका पाठालाई बलिदानको लागि बाँध, अनि यसलाई वेदीको सींङ तर्फ ल्याऊ।” परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई धन्यवाद दिन्छु। परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहेनेछ।