जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा आश्चर्यमय छ। आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔं र रमाऔं। हे परमप्रभु, हामीलाई बचाउनुहोस्, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्। परमप्रभुको नाउँमा आउने धन्यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्छौं। परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र उहाँले हामीमाथि आफ्नो प्रकाश चम्कन दिनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा वेदीका सीङहरूसम्म हर्षसाथ जाओ। तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंमा धन्यवाद चढ़ाउनेछु। तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई उच्च पार्नेछु। परमप्रभुलाई धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
भजनसंग्रह 118 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 118
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 118:22-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू