घर बनाउनेहरूले बेकामको भनेर फ्याँकेको ढुङ्गाचाहिँ शिर-ढुङ्गा भएको छ। यो परमप्रभुले गर्नुभएको हो; यो कति उदेकको कुरा छ! आज परमप्रभुको विजयको दिन हो, हामी आनन्द गरौं र उत्सव मनाऔं। हामीलाई बचाउनुहोस्, परमप्रभु, हामीलाई बचाउनुहोस्! हामीलाई सफल गराउनुहोस्, हे परमप्रभु! परमप्रभुको नाममा आउनुहुनेलाई परमेश्वरले आशिष् देऊन्, परमप्रभुको मन्दिरबाट हामी तपाईंलाई आशीर्वाद दिन्छौं। परमप्रभु परमेश्वर हुनुहुन्छ, उहाँले हामीमाथि भलाइ गर्नुभएको छ। हातमा हाँगाबिंगा लिएर चाड मनाउन सुरु गर र वेदीको चारैतिर फेरो लाओ। तपाईं मेरो परमेश्वर हुनुहुन्छ, म तपाईंलाई धन्यवाद चढाउँदछु, म तपाईंको महान्ताबारे ठूलो स्वरले भन्नेछु। परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ र उहाँको प्रेम अमर छ।
भजनसंग्रह 118 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 118:22-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू