YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 118:22-29

भजनसंग्रह 118:22-29 NCV

जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो; यो याहवेहले गर्नुभएको हो; अनि यो हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ। आजको दिन याहवेहले सृजनुभएको हो; यसमा हामी आनन्द मनाऔँ र रमाऔँ। हे याहवेह, हामीलाई बचाउनुहोस्; हे याहवेह, हामीलाई सफलता दिनुहोस्! याहवेहको नाममा आउने धन्यको हो, हामी याहवेहको भवनबाट तिमीहरूलाई आशीर्वाद दिन्छौँ। याहवेह नै परमेश्‍वर हुनुहुन्छ; र उहाँले आफ्नो ज्योति हामीमाथि चम्काउनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा सहभागी होओ, हर्षकासाथ डोरीहरूले वेदीका सिङहरूमा बाँध! तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद चढाउनेछु; तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई उच्‍च पार्नेछु। याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

भजनसंग्रह 118 पढ्नुहोस्