YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 110:1-7

भजनसंग्रह 110:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले मेरा प्रभुलाई भन्‍नुहुन्‍छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ।” परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्‍डको विस्‍तार गर्नुहुनेछ, तपाईंका शत्रुहरूमाथि तपाईंले शासन गर्नुहुनेछ। तपाईंका युद्धको दिनमा तपाईंका प्रजाले स्‍वेच्‍छासाथ आफू-आफूलाई दिइहाल्‍नेछन्‌। तपाईं पवित्रताको वैभवमा सुशोभित भई, प्रभातको गर्भबाट तपाईंका जवानहरूको ओसलाई तपाईंले प्राप्‍त गर्नुहुनेछ। परमप्रभुले शपथ खानुभएको छ, र आफ्‍नो मन बदल्‍नुहुनेछैन, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।” परमप्रभु तपाईंको दाहिने हाततर्फ हुनुहुन्‍छ, उहाँले आफ्‍नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर गर्नुहुनेछ। उहाँले लाशको थुप्रो लगाएर जाति-जातिहरूको न्‍याय गर्नुहुनेछ, अनि सारा पृथ्‍वीका शासकहरूलाई चकनाचूर पार्नुहुनेछ। उहाँले बाटोका छेउको खोलाको पानी पिउनुहुनेछ, त्‍यसकारण उहाँले आफ्‍नो शिर उच्‍च पार्नुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 110 पढ्नुहोस्

भजनसंग्रह 110:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले मेरा प्रभुलाई भन्‍नुहुन्छ: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।” याहवेहले सियोनबाट यसो भन्दै आफ्नो महान् पराक्रमको राजदण्ड विस्तार गर्नुहुनेछ, “आफ्ना शत्रुहरूका बीच तपाईंले राज्य गर्नुहुनेछ!” तपाईंका युद्धको दिनमा तपाईंका प्रजा राजीखुशीले तयार हुनेछन्। पवित्रताको वैभवमा सुशोभित भई, तपाईंका जवानहरू बिहानीको गर्भबाट निस्केको शीतझैँ तपाईंकहाँ आउनेछन्। याहवेहले शपथ खानुभएको छ, र उहाँले आफ्नो करार भङ्ग गर्नुहुनेछैन: “तिमी सदासर्वदाको निम्ति, मल्कीसेदेकको दर्जाबमोजिम पुजारी हौ।” प्रभु तिम्रो दाहिने हाततर्फ हुनुहुन्छ; उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर पार्नुहुनेछ। उहाँले लासको थुप्रो लगाएर राष्ट्रहरूको न्याय गर्नुहुनेछ; अनि पृथ्वीका सबै शासकहरूलाई चकनाचुर पार्नुहुनेछ। उहाँले बाटो छेउको खोलाबाट पानी पिउनुहुनेछ; यसरी उहाँले आफ्नो शिर उच्‍च पार्नुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 110 पढ्नुहोस्

भजनसंग्रह 110:1-7 पवित्र बाइबल (NERV)

परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन, त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।” परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ, अनि यो त्यति बेलासम्म बढ्दै जानेछ, जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ! जब तिमीले आफ्ना सैनिकहरूसँगै भेला गर्नेछौ, तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूईँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्। परमप्रभुले प्रतिज्ञा गर्नुभयो उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन। “तिमी अनन्तको निम्ति मल्कीसेदेक जस्तै पूजाहारी हौ।” मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ। जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ। परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ। धर्ती मृत शरीरहरूले ढाकिने छ। अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ। राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछ। त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ अनि बलियो हुनु हुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 110 पढ्नुहोस्

भजनसंग्रह 110:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टामुनि मैले नपारुञ्‍जेलसम्‍म यहाँ मेरो दाहिनेपट्टि आएर बस।” परमप्रभुले सियोनदेखि तिम्रा राज्‍यशक्ति बढाई फैलाउनुहुनेछ। “तिम्रा शत्रुहरूमाथि राज्‍य गर,” उहाँले भन्‍नुहुन्‍छ। तिमीले आफ्‍ना शत्रुहरूसँग लडाइँ गरेका दिनमा तिम्रा प्रजाहरू आफैं अघि बढिजानेछन्। सबेरै बिहानका शीतजस्‍ता तिम्रा युवाहरू तिमीकहाँ पवित्र पहाडमा आउनेछन्। परमप्रभुले एउटा गम्‍भीर प्रतिज्ञा गर्नुभयो र त्‍यो बदर हुन्‍न, “मल्‍कीसेदेकको दर्जामा तिमी नै सधैँभरि पुरोहित रहनेछौ।” परमप्रभु तिम्रो दाहिनेपट्टि हुनुहुन्‍छ, उहाँ जब रिसाउनुहुन्‍छ, तब उहाँले राजाहरूको हार गराउनुहुनेछ। उहाँले जाति-जातिमाथि न्‍याय गरी इन्‍साफ दिनुहुनेछ र लडाइँको मैदान लाशले भर्नुहुनेछ, उहाँले पृथ्‍वीभरिका राजाहरूलाई हराउनुहुनेछ। बाटोको छेउमा खोलाको पानी राजाले पिउनेछन् र ताजा भएर उनी विजयी भई खडा हुनेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 110 पढ्नुहोस्