याहवेहले मेरा प्रभुलाई भन्नुहुन्छ: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।” याहवेहले सियोनबाट यसो भन्दै आफ्नो महान् पराक्रमको राजदण्ड विस्तार गर्नुहुनेछ, “आफ्ना शत्रुहरूका बीच तपाईंले राज्य गर्नुहुनेछ!” तपाईंका युद्धको दिनमा तपाईंका प्रजा राजीखुशीले तयार हुनेछन्। पवित्रताको वैभवमा सुशोभित भई, तपाईंका जवानहरू बिहानीको गर्भबाट निस्केको शीतझैँ तपाईंकहाँ आउनेछन्। याहवेहले शपथ खानुभएको छ, र उहाँले आफ्नो करार भङ्ग गर्नुहुनेछैन: “तिमी सदासर्वदाको निम्ति, मल्कीसेदेकको दर्जाबमोजिम पुजारी हौ।” प्रभु तिम्रो दाहिने हाततर्फ हुनुहुन्छ; उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर पार्नुहुनेछ। उहाँले लासको थुप्रो लगाएर राष्ट्रहरूको न्याय गर्नुहुनेछ; अनि पृथ्वीका सबै शासकहरूलाई चकनाचुर पार्नुहुनेछ। उहाँले बाटो छेउको खोलाबाट पानी पिउनुहुनेछ; यसरी उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ।
भजनसंग्रह 110 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 110:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू