परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।” परमप्रभुले सियोनबाट तपाईंको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ, तपाईंका शत्रुहरूमाथि तपाईंले शासन गर्नुहुनेछ। तपाईंका युद्धको दिनमा तपाईंका प्रजाले स्वेच्छासाथ आफू-आफूलाई दिइहाल्नेछन्। तपाईं पवित्रताको वैभवमा सुशोभित भई, प्रभातको गर्भबाट तपाईंका जवानहरूको ओसलाई तपाईंले प्राप्त गर्नुहुनेछ। परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।” परमप्रभु तपाईंको दाहिने हाततर्फ हुनुहुन्छ, उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर गर्नुहुनेछ। उहाँले लाशको थुप्रो लगाएर जाति-जातिहरूको न्याय गर्नुहुनेछ, अनि सारा पृथ्वीका शासकहरूलाई चकनाचूर पार्नुहुनेछ। उहाँले बाटोका छेउको खोलाको पानी पिउनुहुनेछ, त्यसकारण उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ।
भजनसंग्रह 110 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 110
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 110:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू