भजनसंग्रह 107:1-43
भजनसंग्रह 107:1-43 पवित्र बाइबल (NERV)
परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ। उहाँको प्रेम सधैँ रहन्छ। यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो, प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो। परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो। परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देशहरूबाटसँगै भेला गर्नुभयो। उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाटसँगै भेला पार्नु भयो। तिनीहरूमा कतिपय सुख्खा मरुभूमिमा छोडिए। तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए। तर तिनीहरूले कुनै शहर भेट्टाएनन्। तिनीहरू भोका र प्यासा थिए अनि कमजोर हुँदै गइरहेका थिए। त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे। अनि उहाँले तिनीहरूलाई सङ्कटहरूबाट जोगाउनु भयो। परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो, जहाँ तिमीहरू बस्न पाउँथे। उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देओ। परमेश्वरले तिर्खाएको आत्मालाई तृप्त पार्नु भयो। परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो। परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए, झ्यालखानाको अँध्यारो कोठाहरूमा बन्दी थिए। किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरूद्ध लडेका थिए। तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्। परमेश्वरले तिनीहरूकै कु-कर्मको कारणले गर्दा उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो। तिनीहरू ठेस लागेर लडे अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन। ती मानिसहरूलाई सङ्कटहरूमा फँसाइयो। यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे अनि उहाँले तिनीहरूलाई सङ्कटबाट बचाउनु भयो। कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो। तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो। उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ। हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो, परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ। परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ। कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए। उनीहरूले गरेको दुष्ट कामको निम्ति उनीहरूले कष्ट भोगे। ती मानिसहरूले खान पनि रूचाउँदैनन् अनि तिनीहरू प्रायः मर्छन्। तिनीहरू सङ्कटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे र उहाँले तिनीहरूलाई ती सङ्कटहरूबाट बँचाउनु भयो। परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए। यसकारण ती मानिसहरू चिहानबाट बाँचे। परमप्रभुको अनन्त प्रेम अनि मानिसहरूका निम्ति उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ। उहाँप्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर। खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ। कतिपय मानिसहरू जहाजमा तरेर समुद्र पारी पुगे। तिनीहरूका कर्मले नै तिनीहरूलाई महासागर पार तार्यो। ती मानिसहरूले परमेश्वरले के गर्न सक्नु हुन्छ भन्ने कुरा देखे। तिनीहरूले समुद्रमा गर्नु भएको उहाँको अद्भूत कामहरू देखे। परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो। छालहरू उच्च भन्दा उच्च हुँदै गए। ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए अनि गहिरो समुद्रमा झारिदिए। तूफान एकदम भयङ्कर थियो ती मानिसहरूको साहस हराएर गयो। तिनीहरू धरमरिरहेका थिए अनि मातेको मानिस सरह पछारिए, माझीको रूपमा तिनीहरूको कुशलता बेकार भयो। तिनीहरू सङ्कटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे। अनि उहाँले ती सङ्कटहरूबाट तिनीहरूलाई बँचाउनु भयो। परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो। अनि छालहरूलाई शान्त पार्नुभयो। माझीहरू खुशी भए किनभने समुद्र शान्त थियो। अनि परमेश्वरले तिनीहरू जहाँ जान चाहन्थे त्यहाँ जोगाएर लैजानु भयो। उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ। महासभामा परमेश्वरको प्रशंसा गर। बूढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर। परमेश्वरले नदीहरूलाई पनि मरुभूमिमा परिवर्त्तन गर्नुभयो। परमेश्वरले झरनाहरू बहनुदेखि रोकिदिनु भयो। परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो। किनभने ती दुष्ट मानिसहरूले गर्दा हो, जो त्यस ठाउँमा बसीरहेका थिए। परमेश्वरले मरुभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो। परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो। परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो। अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए। ती मानिसहरूले त्यस धर्तीमा बिऊ छरे, र तिनीहरूले त्यहाँ अङ्गुरको खेती गरे। अनि तिनीहरूले असल बाली पाउन सके। परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो। तिनीहरूका सन्तानहरू बढे। तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए। घोर विपत्ति र सङ्कटहरूले गर्दा तिनीहरूका परिवारहरू सानो र कमजोर भए। परमेश्वरले तिनीहरूका शासकहरूलाई लज्जित र व्याकुल पार्नु भयो। उहाँले तिनीहरूलाई मरुभूमिमा भडकिहिँड्ने बनाउनु भयो जहाँ कुनै बाटो छैन। त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो। अनि तिनीहरूका परिवारहरू भेंडाका बथानहरू जस्ता विशाल हुँदै गए। असल मानिसहरूले त्यसलाई देख्छन् अनि तिनीहरू आनन्दित हुन्छन् तर दुष्ट मानिसहरूले त्यसलाई देखे पछि अनुहार खुम्च्याउँछन्। यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ। परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।
भजनसंग्रह 107:1-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुमा धन्यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सदासर्वदा रहिरहन्छ। परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनून्— जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनुभयो, तिनीहरू जसलाई देश-देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो। कोही मरुस्थलका उजाड-स्थान हुँदो अलमलिहिँड़े, र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्। भोक र प्यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो। तब तिनीहरूले आफ्नो दु:खमा परमप्रभुको दुहाई गरे, र उहाँले तिनीहरूलाई आपद्बाट छुटाउनुभयो। उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्याएर एउटा सहरमा पुर्याउनुभयो, जहाँ तिनीहरू बसोबास गर्न सके। तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्। किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। कोही-कोही घोर अन्धकारमा बसे, कैदीहरू जो फलामका साङ्लाले बाँधिएर पीडामा थिए, किनभने तिनीहरूले परमेश्वरका वचनको विद्रोह गरेका थिए, र सर्वोच्चका सल्लाहको अवहेलना गरेका थिए। यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रममा पर्न दिनुभयो। तिनीहरू लोटे, तर तिनीहरूलाई गुहार गर्ने कोही भएन। तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। उहाँले तिनीहरूलाई घोर अन्धकारबाट बाहिर ल्याउनुभयो, र उहाँले तिनीहरूका बन्धन टुक्रा-टुक्रा पारिदिनुभयो। तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्! किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्छ, र फलामे आग्लाहरू छिनालिदिनुहुन्छ। कोही-कोही आफ्नै विद्रोही चालले गर्दा मूर्ख बने, र आफ्नै अपराधको कारण विपत्तिमा परे। सब भोजनहरू तिनीहरूलाई अमन भयो, र तिनीहरू मृत्युको मुखसम्म पुगे। तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। उहाँले आफ्नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्युको खाड़लबाट उकास्नुभयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्। तिनीहरूले धन्यवाद बलि चढ़ाऊन्, र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्। कोही-कोही जहाज चढ़ी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्यापारी थिए। तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरको गहिराइमा तिनीहरूले उहाँका आश्चर्य कार्यहरू देखे। किनभने उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चलाउनुभयो, जसले सागरका छालहरू उठाए। तिनीहरू आकाशसम्मै चढ़ेर गए, र फेरि सागरको गहिराइमा झरे, तिनीहरूको क्लेशमा तिनीहरूको साहस गलेर गयो। तिनीहरू मतवालाजस्तै रन्थनिएर धरमराउँदैथिए, र तिनीहरूको अक्कल गुम भयो। तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। उहाँले आँधीलाई शान्त गराउनुभयो, र सागरका छालहरू स्थिर भए। आँधी शान्त भएपछि तिनीहरू खुशी भए, र उहाँले तिनीहरूले चाहेका बन्दरगाहमा पुर्याउनुभयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्यका कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्। तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारीफ गरून्, र धर्म-गुरुहरूको सभामा उहाँको प्रशंसा गरून्। उहाँले नदीहरूलाई मरुभूमिमा बग्ने खोलालाई सुक्खा भूमिमा, र मलिलो भूमिलाई नूनको मरुस्थलमा परिवर्तन गरिदिनुभयो— त्यहाँ बस्ने मानिसहरूका दुष्टताको कारणले यसो भएको थियो। उहाँले मरुभूमिलाई तालहरूमा, र सुक्खा जमिनलाई बग्ने खोलाहरूमा परिवर्तन गरिदिनुभयो। परमप्रभुले भोकाएकाहरूलाई त्यहाँ बस्न ल्याउनुभयो, अनि तिनीहरूले आफू बस्नलाई एउटा सहर निर्माण गरे। तिनीहरूले खेतमा बीउ छरे र दाखबारी लगाए, जसले असल फसल उत्पादन गर्यो। उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, अनि तिनीहरूको सङ्ख्यामा धेरै वृद्धि भयो, र तिनीहरूका गाईबस्तुहरूलाई उहाँले घट्न दिनुभएन। अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको संख्या घट्यो र तिनीहरू होच्याइए। उहाँ जसले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्किहिँड्न दिनुभयो। तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपद्बाट उकास्नुभयो, र तिनका परिवारहरू भेड़ाका बथानझैँ बढ़ाउनुभयो। सोझाहरू यो देख्तछन्, र आनन्दित हुन्छन्, तर सबै दुष्टहरू आफ्ना मुख बन्द राख्छन्। जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र परमप्रभुको महान् करुणामाथि विचार गरोस्।
भजनसंग्रह 107:1-43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ। याहवेहले छुटकारा दिनुभएकाहरूले वैरीहरूका हातबाट छुटाइएकाहरूले, विभिन्न देशहरूबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्: कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्, र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे। तिनीहरू भोक र प्यासले दुर्बल भई प्राण जालाजस्तै भइसकेका थिए। तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो। उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्याउनु भएर, तिनीहरूलाई बास बस्न सक्ने सहरमा पुर्याउनुभयो। उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति, तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्! किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ, र भोकाहरूलाई असल आहाराले सन्तुष्ट पार्नुहुन्छ। कोही-कोही अन्धकार, र घोर अन्धकारमा जिइरहेका थिए, कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्ट भोगिरहेका थिए, किनकि तिनीहरूले परमेश्वरका वचनको विरुद्धमा विद्रोह गरेका थिए र सर्वोच्च परमेश्वरको योजनालाई तिरस्कार गरेका थिए। यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम गर्न लगाउनुभयो; तिनीहरूले ठक्कर खाए, तर मदत गर्नलाई कोही थिएन। तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो; र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो। उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्; किनकि उहाँले काँसोका मूलढोकाहरू भत्काइदिनुहुन्छ, र फलामका आग्लोहरू काटेर टुक्रा-टुक्रा पारिदिनुहुन्छ। कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने, र आफ्नै अधर्मका कारण कष्ट भोगे। तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्कै भए, र मृत्युका ढोका नजिक पुगे। तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट बचाउनुभयो। उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो, तिनीहरूलाई चिहानबाट छुटाउनुभयो। उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्! तिनीहरूले धन्यवादका बलि चढाऊन् र हर्षका गीत गाएर उहाँका कार्यको वर्णन गरून्! कोही-कोही जहाजहरूमा चढी सामुद्रिक यात्रामा गए; तिनीहरू महासागरका व्यापारीहरू थिए। तिनीहरूले याहवेहका कामहरू देखे, गहिरो सागरमा तिनीहरूले उहाँका अद्भुत कार्यहरू देखे। किनकि उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चल्यो, जसले गर्दा समुद्रका छालहरू माथिसम्म उठे। छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे; यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो। तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे; तिनीहरूका सबै सिपहरू बेकार साबित भए। तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो। उहाँले आँधीलाई शान्त पार्नुभयो; समुद्रका छालहरू साम्य भए। आँधी शान्त हुँदा तिनीहरू खुशी भए; र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्याउनुभयो। उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्! तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्च पारून्, र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्! उहाँले नदीहरूलाई मरुभूमिमा, र पानीका मूलहरूलाई सुक्खा भूमिमा परिवर्तन गर्नुभयो। त्यहाँका बासिन्दाहरूका दुष्टताको कारणले गर्दा, मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो। उहाँले मरुभूमिलाई तालमा र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो; उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो, र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे। तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए, अनि प्रशस्त उब्जनी कटनी गरे; उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो; अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन। त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए; उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो। तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो, र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो। धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्, तर सबै दुष्टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्। जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।
भजनसंग्रह 107:1-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ, उहाँको प्रेम अमर छ!” तिमीहरूले, ज-जसलाई उहाँले बचाउनुभएको छ, यी कुराहरू परमप्रभुको प्रशंसामा दोहोर्याएर भन। उहाँले तिमीहरूलाई आफ्ना शत्रुहरूदेखि बचाउनुभएको छ, उहाँले तिमीहरूलाई पूर्व-पश्चिमबाट, उत्तर-दक्षिण र विदेशी मुलुकहरूबाट, फर्काई ल्याउनुभएको छ। बाटो पहिल्याउन नसकिने मरुभूमिमा कति जना डुलिहिँडे र कुनै सहरमा गई बास गर्न बाटो पाएनन्। तिनीहरू भोका र तिर्खाएका थिए, तिनीहरूले सबै आशा मारेका थिए। तब आफ्ना कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-पीडादेखि बचाउनुभयो। उहाँले तिनीहरूलाई एउटा सोझो बाटोमा डोर्याएर सहरमा बास गर्न पुर्याउनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अटुट प्रेमको निम्ति र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्ति धन्यवाद दिनैपर्छ। उहाँले तिर्खाएकाहरूको तृष्णा मेट्नुहुन्छ र भोकाएकाहरूलाई असल कुराले तृप्त गराउनुहुन्छ। कति निराशा र अन्धकारमा जिइरहेका थिए, साङ्लाले बाँधिएर कैदीसरि तिनीहरूले कष्ट भोगिरहेका थिए किनभने तिनीहरूले सर्वशक्तिमान् परमेश्वरका आज्ञाहरूको विरोध गरेका थिए र उहाँका अर्ती अस्वीकार गरेका थिए। कठोर परिश्रमले तिनीहरू थाकिसकेका थिए, तिनीहरू भूइँमा लोट्दथे, तिनीहरूलाई मद्दत गर्ने कोही थिएन। तब तिनीहरूले परमप्रभुलाई आफ्ना कष्टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्टबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई निराशा र अन्धकारबाट निकाली ल्याउनुभयो, र तिनीहरूका साङ्ला टुक्रा-टुक्रा पारिदिनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अटुट प्रेमको निम्ति र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्ति धन्यवाद दिनैपर्छ। उहाँले काँसाका ढोकाहरू तोड्नुहुन्छ र फलामका छेक-बारहरू टुक्रा-टुक्रा पार्नुहुन्छ। कति जना आफ्नो पाप र दुष्टताको कारणले कष्टमा परेका मूर्खहरू थिए। तिनीहरू खाना हेर्न पनि नसक्ने भएका थिए र मर्न आँटेका थिए। तब तिनीहरूले परमप्रभुलाई आफ्नो कष्टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्टबाट बचाउनुभयो, आफ्नो आज्ञाले उहाँले तिनीहरूलाई निको पार्नुभयो र मृत्युदेखि बचाउनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अनन्त प्रेमको निम्ति र उहाँले तिनीहरूका लागि गर्नुभएका उदेकका कामहरूका निम्ति धन्यवाद दिनैपर्छ। बलि चढाएर तिनीहरूले उहाँलाई धन्यवाद चढाउनुपर्छ र आनन्दका भजन गाएर उहाँले गर्नुभएका सारा कामको बारेमा भन्नुपर्छ। कति जना महासागरमा जहाजहरू चलाएर गए र समुद्रमा आफ्नो जीविका चलाउने कमाइ गरे। परमप्रभुले के कसो गर्न सक्नुहुन्छ, तिनीहरूले देखे, समुद्रमा उहाँका उदेकका कामहरू तिनीहरूले देखे। उहाँको आज्ञाले एउटा तेज बतास बग्न सुरु भयो र पानीका लहरहरू उठ्न थाले। जहाजहरू हावामा माथि उचालिन्थे र समुद्रमा गहिरोसम्म डुबिजाँदथे। यस्तो विपत्तिको समयमा मानिसहरूले साहस हराए। मातेका मानिसहरूझैँ तिनीहरू लरबरिन्थे र लड्थे, तिनीहरूको केही सीप चलेन। तब तिनीहरूले परमप्रभुलाई आफ्ना कष्टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्टबाट बचाउनुभयो। उर्लंदो आँधीलाई उहाँले थाम्नुभयो र पानीका लहरहरू शान्त भए। सबै शान्त भएको हुनाले तिनीहरू खुसी भए र उहाँले तिनीहरूलाई कुशलसित तिनीहरूले चाहेका बन्दरगाहमा ल्याइपुर्याउनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अनन्त प्रेमको निम्ति र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्ति धन्यवाद दिनैपर्छ। मानिसहरूका सभामा तिमीहरूले उहाँको महान्ताबारे भन्ने गर्नुपर्छ र अगुवाहरूका सभाघरमा उहाँको प्रशंसा गर्नुपर्छ। परमप्रभुले नदीहरू पूरै सुकाउनुभयो र खोलाहरू बग्न बन्द गर्नुभयो। त्यहाँका बासिन्दाहरूको दुष्टताको कारण उहाँले मलिलो जमिनलाई नुनिलो र रूखो बनाउनुभयो। उहाँले मरुभूमिलाई पानीको पोखरी बनाइदिनुभयो र सुखा भूमिलाई बग्ने खोलाहरूमा। उहाँले भोका मानिसहरूलाई त्यहाँ बस्न दिनुभयो र तिनीहरूले आफू बस्नलाई एउटा सहर बसाले। तिनीहरूले खेत-बारीमा बिउ छरे, अङ्गुरको बोट रोपे र प्रशस्त अन्न कटनी गरे। उहाँले आफ्ना प्रजालाई आशीर्वाद दिनुभयो र तिनीहरूका सन्तान धेरै भए, उहाँले तिनीहरूलाई गाई-वस्तुका बथानलाई घट्न दिनुभएन। जब निष्ठुर सतावट र दु:ख-कष्टले गर्दा परमेश्वरका प्रजाको हार र अपमान भयो, तब तिनीहरूका खेदो गर्नेहरूलाई उहाँले अपमानित तुल्याएर बोट नभएको मरुभूमिमा बरालिन लाउनुभो। तर अभावमा परेकाहरूलाई तिनीहरूका कष्टदेखि बचाउनुभयो, उहाँले तिनीहरूका परिवारलाई भेडाका बथानझैँ बढाउनुभयो। धर्मीहरूले यो देखेर रमाउँछन्, तर सबै दुष्टहरूका मुख चुप पारिन्छ। बुद्धिमान्हरूले यी कुराहरूबारे विचार गरून्, तिनीहरूले परमप्रभुको अनन्त प्रेमलाई मानिलिऊन्।