हितोपदेश 3:27-32
हितोपदेश 3:27-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक। तिमीसित दिनलाई केही कुरा छ भने, आफ्नो छिमेकीलाई “पछि आऊ, म तिमीलाई भोलि दिनेछु” भनी नभन! आफ्नो नजिकमा भरपर्दो गरी बस्ने छिमेकीको विरुद्धमा षड्यन्त्र नरच। कारणविना कुनै मानिसलाई दोष नलगाऊ, जसले तिम्रो कुनै हानि गरेको छैन। हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज। किनकि याहवेहले दुष्ट मानिसलाई घृणा गर्नुहुन्छ, तर धर्मीहरूलाई आफ्नो विश्वासपात्र बनाउनुहुन्छ।
हितोपदेश 3:27-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्जेल त्यो नरोक्, जब कि तँसँग त्यो अहिले नै छ, आफ्नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्। आफ्नो छिमेकीको विरुद्धमा षड्यन्त्र नरच्। जो तेरो नजिक भरोसा राखेर बस्दछ। विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन। हिंसात्मक मानिसको ईर्ष्या नगर्, र त्यसको कुनै पनि मार्गलाई नछान्। किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्छ, तर सोझाहरूलाई आफ्नो विश्वासमा राख्नुहुन्छ।
हितोपदेश 3:27-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तैँले सकेअनुसार जसलाई खाँचो छ, त्यसलाई भलाइ गर्। तेरो छिमेकीलाई अहिले सहायता गर्न सक्छस् भने भोलिसम्म पर्खन नलगा। आफ्नो छिमेकीको हानि हुने कुनै युक्ति नबना। त्यो तेरो छेउमा तँमाथि विश्वास गरी बास गर्दछ। जसले तेरो कहिल्यै हानि गरेको छैन, त्योसित बिनाकारण तर्कवितर्क नगर्। हिँसालु मानिसको डाह नगर् अथवा तिनीहरूले गरेजस्तो गर्ने विचार नले किनभने दुष्कर्म गर्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर धर्मीहरूचाहिँ उहाँका विश्वास-पात्र हुन्छन्।

हितोपदेश 3:27-32 पवित्र बाइबल (NERV)
जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल। तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छ अनि तिमीमाथि भरोसा गर्छन्। कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याऊ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने। उपद्रो गर्ने मानिसको ईर्ष्यां नगर, अनि ऊ जस्तै हुन नखोज। किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ ईमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।