YouVersion लोगो
खोज आइकन

हितोपदेश 3:27-32

हितोपदेश 3:27-32 सरल नेपाली

तैँले सकेअनुसार जसलाई खाँचो छ, त्‍यसलाई भलाइ गर्‌। तेरो छिमेकीलाई अहिले सहायता गर्न सक्‍छस् भने भोलिसम्‍म पर्खन नलगा। आफ्‍नो छिमेकीको हानि हुने कुनै युक्ति नबना। त्‍यो तेरो छेउमा तँमाथि विश्‍वास गरी बास गर्दछ। जसले तेरो कहिल्‍यै हानि गरेको छैन, त्‍योसित बिनाकारण तर्कवितर्क नगर्‌। हिँसालु मानिसको डाह नगर्‌ अथवा तिनीहरूले गरेजस्‍तो गर्ने विचार नले किनभने दुष्‍कर्म गर्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर धर्मीहरूचाहिँ उहाँका विश्‍वास-पात्र हुन्‍छन्।

हितोपदेश 3 पढ्नुहोस्