ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्जेल त्यो नरोक्, जब कि तँसँग त्यो अहिले नै छ, आफ्नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्। आफ्नो छिमेकीको विरुद्धमा षड्यन्त्र नरच्। जो तेरो नजिक भरोसा राखेर बस्दछ। विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन। हिंसात्मक मानिसको ईर्ष्या नगर्, र त्यसको कुनै पनि मार्गलाई नछान्। किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्छ, तर सोझाहरूलाई आफ्नो विश्वासमा राख्नुहुन्छ।
हितोपदेश 3 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 3:27-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू