हितोपदेश 29:2-7
हितोपदेश 29:2-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धर्मी सप्रेमा मानिसहरू रमाउँछन्, दुष्टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्। बुद्धि प्रेम गर्ने मानिसले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति बेकाममा उड़ाउँछ। न्याय कायम गरेर राजाले देशलाई स्थायित्व दिन्छ, तर घूसको लोभ गर्नेले मुलुकलाई सर्वनाश गर्छ। आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टा फस्ने जाल फिँजाएको हुन्छ। खराब मानिस त्यसको आफ्नै पापको कारण पासोमा पर्छ, तर धर्मीजन गाउन र प्रसन्न हुन सक्दछ। धर्मात्माले गरीबको न्यायबारे हेर-विचार गर्छ, तर दुष्टले चाहिँ त्यसबारे सरोकार नै राख्दैन।

हितोपदेश 29:2-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; दुष्टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्। बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ। राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्; तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ। जसले आफ्नो छिमेकीलाई फुर्काउँछ, त्यसले त्यसका खुट्टामुनि जाल बिछ्याउँछ। दुष्ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ। धर्मीले गरिबको न्यायको वास्ता गर्छ; तर दुष्टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन।
हितोपदेश 29:2-7 पवित्र बाइबल (NERV)
जब धर्मी मानिसहरू सत्तामा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखीत हुन्छन्। यदि कुनै मानिसले ज्ञानलाई प्रेम गर्छ भने, उसको बाबु खुशी हुन्छन, तर वेश्याहरूको साथीले आफ्नो सम्पत्ति बरबाद गर्छ। एकजना राजाले आफ्नो राज्यलाई न्यायद्वारा बलियो राख्छ, तर घूस लिने मानिसले यसलाई सर्वनाश पार्छ। जसले आफ्नो मित्र सित तेल घस्छ भने उसले आफ्नै खुट्टामा जाल फिँजाउँछ। पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्। धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।
हितोपदेश 29:2-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शासक धर्मी छ भने प्रजा खुसी हुन्छन् तर शासक दुष्ट भए प्रजा दु:खी हुन्छन्। बुद्धिलाई प्रेम गर्ने छोराले आफ्नो बुबालाई खुसी पार्दछ। वेश्याको साथ लाग्नेले धन उडाउँछ। राजाले न्यायको चासो लिन्छन् भने देश बलियो बन्दछ तर तिनले रकम-पैसामा मात्र चासो लिन्छन् भने देशको नाश गराउँछन्। आफ्ना साथीहरूको झूटो प्रशंसा गर्नेले आफ्नै खुट्टामा पासो ल्याउँदछ। दुष्टहरू आफ्नै पापका जालमा फस्दछन्, इमानदार मानिसहरू खुसी र स्वतन्त्र रहन्छन्। धर्मी मानिसले गरीबको हक बुझ्दछ तर दुष्टहरूले त्यस्तो कुरा केही बुझ्दैनन्।