YouVersion लोगो
खोज आइकन

हितोपदेश 29:2-7

हितोपदेश 29:2-7 NCV

धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; दुष्‍टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्। बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ। राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्; तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ। जसले आफ्नो छिमेकीलाई फुर्काउँछ, त्यसले त्यसका खुट्टामुनि जाल बिछ्याउँछ। दुष्‍ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ। धर्मीले गरिबको न्यायको वास्ता गर्छ; तर दुष्‍टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन।

हितोपदेश 29 पढ्नुहोस्