YouVersion लोगो
खोज आइकन

हितोपदेश 29:2-7

हितोपदेश 29:2-7 सरल नेपाली

शासक धर्मी छ भने प्रजा खुसी हुन्‍छन् तर शासक दुष्‍ट भए प्रजा दु:खी हुन्‍छन्। बुद्धिलाई प्रेम गर्ने छोराले आफ्‍नो बुबालाई खुसी पार्दछ। वेश्‍याको साथ लाग्‍नेले धन उडाउँछ। राजाले न्‍यायको चासो लिन्‍छन् भने देश बलियो बन्‍दछ तर तिनले रकम-पैसामा मात्र चासो लिन्‍छन् भने देशको नाश गराउँछन्। आफ्‍ना साथीहरूको झूटो प्रशंसा गर्नेले आफ्‍नै खुट्टामा पासो ल्‍याउँदछ। दुष्‍टहरू आफ्‍नै पापका जालमा फस्‍दछन्, इमानदार मानिसहरू खुसी र स्‍वतन्‍त्र रहन्‍छन्। धर्मी मानिसले गरीबको हक बुझ्‍दछ तर दुष्‍टहरूले त्‍यस्‍तो कुरा केही बुझ्‍दैनन्।

हितोपदेश 29 पढ्नुहोस्