हितोपदेश 24:23-34
हितोपदेश 24:23-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी पनि बुद्धिमान्का उखानहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। दोषीलाई जसले “तिमी निर्दोष छौ,” भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन् र जातिहरूले त्यसको निन्दा गर्नेछन्। तर तिनीहरूको भलो हुनेछ, जसले दोषीको अपराध साबित गर्छ। त्यस व्यक्तिमाथि प्रशस्त आशिष् बर्षनेछ। ईमानदार जवाफचाहिँ ओठमाथिको चुम्बनजस्तै हो। बाहिरको काम पूरा गर्, र आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना। आफ्नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्ना ओठलाई छली कामको लागि प्रयोग नगर्। यसो नभन्, “त्यसले मलाई गरेझैँ म पनि त्यसलाई गर्नेछु, त्यस मानिसले मलाई गरेको साटो म लिनेछु।” म एउटा अल्छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ, चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो। मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें। क्षणभरको सुताइ र क्षणभरको उँघाइले, हात बाँधेर क्षणभरको आराम गराइले, दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्त्र मानिसझैँ आइलाग्नेछ।

हितोपदेश 24:23-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी पनि बुद्धिमान्का भनाइहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन्, र राष्ट्रहरूले त्यसलाई घृणा गर्नेछन्। तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, र तिनीहरूले प्रशस्त आशिष्हरू प्राप्त गर्नेछन्। इमानदार जवाफचाहिँ ओठमाथि परेको चुम्बनजस्तै हो। तिम्रो बाहिरको काम पूरा गर, र तिम्रो खेतबारी तयार पार; त्यसपछि आफ्नो घर बनाऊ। तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ, उसको विषयमा झूटो नबोल। “मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु, म त्यसलाई बदला लिनेछु”, भनी नभन। म एउटा अल्छेको खेतबाट भएर गएँ; म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ; चारैतिर काँडाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकेको थियो, अनि ढुङ्गाको पर्खाल भत्किएको थियो। मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ: एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
हितोपदेश 24:23-34 पवित्र बाइबल (NERV)
यी ज्ञानी मानिसहरूका वचनहरू हुन्ः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ। एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरूद्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरूद्वारा ऊ निन्दित हुनेछ। तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ। निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओंठमा लिएको चुम्बन झैं हो। पहिले बाहिरी काम गर, खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ। तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ, झूटो नबोल। यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।” म एकजना अल्छे मानिसको भूमि भएर हिँड्दै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे। त्यो भूमि काँडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ। मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें। एक छिनको सुताईले अनि एक छिनको आरामले गराई। दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउँनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।
हितोपदेश 24:23-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बुद्धिमान् मानिसहरूले यी बुद्धिका कुराहरू पनि भनेका छन्– न्यायाधीशले न्याय गर्दा पक्षपात गर्नु ठीक होइन। उसले कुनै अपराधीलाई निर्दोष छ भन्ने फैसला दियो भने सबैले उसलाई सराप्नेछन् र घृणा गर्नेछन्। दोषीलाई सजायँ दिने न्यायाधीशको फलिफाप र सुनाम हुन्छ। सोझो जवाफ मित्रताको चिनो हो। पहिले खेतबारी तयार गर र आफ्नो जीविकाको मेलो पक्का गर र त्यसपछि मात्र घर बनाऊ। असल कारणबिना कसैका विरुद्धमा गवाही नदेऊ अथवा उसको बारेमा झूटो केही नभन। बदला लिने विचारले यसो नभन, “मलाई त्यसले गरेझैँ म त्यसलाई गर्नेछु! म त्यसलाई साटो फेर्नेछु!” अल्छी र मूर्ख मानिसका खेत र दाखबारीबाट भएर म गएँ। ती काँडाघारी र बेकामका झार-पातले भरिएका थिए। चारैपट्टिका ढुङ्गाका पर्खाल भत्किसकेका थिए। त्यो देखेर मैले सोचें र एउटा पाठ सिकें। अलिबेर आँखा चिम्लेर सुत्, हात बाँधेर आराम गर्, तर सुतिरहेको बेला डाँकाझैँ दरिद्रता तँमाथि आइलाग्नेछ।