यी पनि बुद्धिमान्का भनाइहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन्, र राष्ट्रहरूले त्यसलाई घृणा गर्नेछन्। तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, र तिनीहरूले प्रशस्त आशिष्हरू प्राप्त गर्नेछन्। इमानदार जवाफचाहिँ ओठमाथि परेको चुम्बनजस्तै हो। तिम्रो बाहिरको काम पूरा गर, र तिम्रो खेतबारी तयार पार; त्यसपछि आफ्नो घर बनाऊ। तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ, उसको विषयमा झूटो नबोल। “मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु, म त्यसलाई बदला लिनेछु”, भनी नभन। म एउटा अल्छेको खेतबाट भएर गएँ; म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ; चारैतिर काँडाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकेको थियो, अनि ढुङ्गाको पर्खाल भत्किएको थियो। मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ: एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
हितोपदेश 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 24:23-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू