YouVersion लोगो
खोज आइकन

हितोपदेश 24:23-34

हितोपदेश 24:23-34 सरल नेपाली

बुद्धिमान् मानिसहरूले यी बुद्धिका कुराहरू पनि भनेका छन्– न्‍यायाधीशले न्‍याय गर्दा पक्षपात गर्नु ठीक होइन। उसले कुनै अपराधीलाई निर्दोष छ भन्‍ने फैसला दियो भने सबैले उसलाई सराप्‍नेछन् र घृणा गर्नेछन्। दोषीलाई सजायँ दिने न्‍यायाधीशको फलिफाप र सुनाम हुन्‍छ। सोझो जवाफ मित्रताको चिनो हो। पहिले खेतबारी तयार गर र आफ्‍नो जीविकाको मेलो पक्‍का गर र त्‍यसपछि मात्र घर बनाऊ। असल कारणबिना कसैका विरुद्धमा गवाही नदेऊ अथवा उसको बारेमा झूटो केही नभन। बदला लिने विचारले यसो नभन, “मलाई त्‍यसले गरेझैँ म त्‍यसलाई गर्नेछु! म त्‍यसलाई साटो फेर्नेछु!” अल्‍छी र मूर्ख मानिसका खेत र दाखबारीबाट भएर म गएँ। ती काँडाघारी र बेकामका झार-पातले भरिएका थिए। चारैपट्टिका ढुङ्गाका पर्खाल भत्‍किसकेका थिए। त्‍यो देखेर मैले सोचें र एउटा पाठ सिकें। अलिबेर आँखा चिम्‍लेर सुत्, हात बाँधेर आराम गर्‌, तर सुतिरहेको बेला डाँकाझैँ दरिद्रता तँमाथि आइलाग्‍नेछ।

हितोपदेश 24 पढ्नुहोस्