यी पनि बुद्धिमान्का उखानहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। दोषीलाई जसले “तिमी निर्दोष छौ,” भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन् र जातिहरूले त्यसको निन्दा गर्नेछन्। तर तिनीहरूको भलो हुनेछ, जसले दोषीको अपराध साबित गर्छ। त्यस व्यक्तिमाथि प्रशस्त आशिष् बर्षनेछ। ईमानदार जवाफचाहिँ ओठमाथिको चुम्बनजस्तै हो। बाहिरको काम पूरा गर्, र आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना। आफ्नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्ना ओठलाई छली कामको लागि प्रयोग नगर्। यसो नभन्, “त्यसले मलाई गरेझैँ म पनि त्यसलाई गर्नेछु, त्यस मानिसले मलाई गरेको साटो म लिनेछु।” म एउटा अल्छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ, चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो। मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें। क्षणभरको सुताइ र क्षणभरको उँघाइले, हात बाँधेर क्षणभरको आराम गराइले, दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्त्र मानिसझैँ आइलाग्नेछ।
हितोपदेश 24 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 24:23-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू