हितोपदेश 15:11-13
हितोपदेश 15:11-13 पवित्र बाइबल (NERV)
परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुन्ने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ। मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन। एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।
हितोपदेश 15:11-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मृत्यु र विनाश परमप्रभुको सामुन्ने खुलस्त छन् भने, मानिसको हृदय झन् कत्ति खुलस्त होला। खिल्ली उड़ाउनेले सुधारलाई निको मान्दैन, त्यसले बुद्धिमान्को सल्लाह लिँदैन। आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ।

हितोपदेश 15:11-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मृत्यु र विनाश दुवै याहवेहको सामु खुलस्त रहन्छन्; मानिसको हृदय झन् कति खुलस्त होला! गिल्ला गर्नेले सुधारलाई मन पराउँदैन; त्यसैले तिनीहरू बुद्धिमान्लाई तिरस्कार गर्छन्। हर्षित हृदयले अनुहार प्रसन्न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्याउँछ।
हितोपदेश 15:11-13 पवित्र बाइबल (NERV)
परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुन्ने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ। मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन। एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।
हितोपदेश 15:11-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मृत्यु-लोकले पनि त्यहाँका कुरा परमप्रभुदेखि लुकाउन सक्दैन, त कसरी एउटा मानिसले उहाँदेखि आफ्ना सोचविचार लुकाउन सक्छ? अहङ्कारी मानिसहरूले भुल सुधार गर्न मन पराउँदैनन्, तिनीहरूले आफूभन्दा बुद्धिमान् मानिसहरूका सर-सल्लाह कहिल्यै मान्दैनन्। प्रसन्न हृदयले अनुहार हँसिलो बनाउँछ तर अफसोसी हृदयले आत्मालाई खिन्न पार्छ।