YouVersion लोगो
खोज आइकन

गन्ती 7:66-89

गन्ती 7:66-89 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दशौँ दिन दानका कुलनायक अम्‍मीशद्दैका छोरा अहीएजेरले आफ्‍नो भेटी ल्‍याए। तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, र होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, पापबलिको निम्‍ति एउटा बोका, मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्‍मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो। एघारौँ दिन आशेरका कुलनायक ओक्रानका छोरा पगीएलले आफ्‍नो भेटी ल्‍याए। तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, पापबलिको निम्‍ति एउटा बोका, र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। ओक्रानका छोरा पगीएलको भेटी यही थियो। बाह्रौँ दिन नप्‍तालीका कुलनायक एनानका छोरा अहीराले आफ्‍नो भेटी ल्‍याए। तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, पापबलिको निम्‍ति एउटा बोका, र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। एनानका छोरा अहीराको भेटी यही थियो। वेदीका अभिषेकको दिन त्‍यसको अर्पण-कार्यमा इस्राएलका कुलनायकहरूले चढ़ाएका भेटी यी नै थिए: बाह्र वटा चाँदीका थाल, बाह्र वटा चाँदीका छर्कने बाटा, र बाह्र वटा सुनका धुपौरा। प्रत्‍येक चाँदीको थाल एक सय तीस शेकेल तौलको र प्रत्‍येक चाँदीको छर्कने बाटा सत्तरी शेकेल तौलको थियो। भाँड़ाकुँड़ाहरूको जम्‍मै चाँदीको तौल पवित्रस्‍थानको शेकेलबमोजिम दुई हजार चार सय शेकेल थियो। धूपले भरिएका सुनका बाह्र वटा धुपौरा, पवित्रस्‍थानबमोजिम प्रत्‍येक दश-दश शेकेलको सबै धुपौराको सुन १२० शेकेल तौलको थियो। होमबलिको निम्‍ति, तिनका अन्‍नबलिसमेत, बाह्र वटा साँढ़े, बाह्र वटा भेड़ा र बाह्र वटा एक वर्षे थुमा थिए र पापबलिको निम्‍ति बाह्र वटा बोका थिए। अनि मेल-बलिको निम्‍ति चाहिँ सबै पशुहरू गरी जम्‍मा चौबीस वटा साँढ़े, साठी वटा भेड़ा, साठी वटा बोका र साठी वटा एक वर्षे थुमा थिए। वेदीको अभिषेक भएपछि त्‍यसको अर्पण-कार्यको भेटी यही थियो। जब मोशा भेट हुने पालमा परमप्रभुसित कुरा गर्न भित्र गए, तब गवाहीको सन्‍दूकमा रहेको कृपा-आसनमाथिका दुई करूबहरूका बीचबाट तिनले आफूसँग बोलिरहनु भएको वाणी सुने। अनि परमप्रभु तिनीसित बोल्‍नुभयो।

शेयर गर्नुहोस्
गन्ती 7 पढ्नुहोस्

गन्ती 7:66-89 पवित्र बाइबल (NERV)

दशौं दिन दान कुलका नायक अम्मीशद्‌दैको छोरो अहीएजेरले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल ओजन चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो, दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। होम बलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, पापबलिको निम्ति एउटा बोको, अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीशद्‌दैनको छोरो अहीएजेरले चढाएको बलिहरू यिनीहरू नै हुन्। एघारौं दिन आशेर कुलका नायक ओक्रानका छोरो पगीएलले आफ्नो उपहार चढाए। उसद्वारा चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेलको चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो। दश शेकेल ओजनको सुनको एउटा ठुलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, पापबलिको निम्ति एउटा बोको, अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। ओक्रानको छोरो पगीएलले चढाएको बलिहरू यिनीहरू नै हुन्। बाह्रौं दिन नप्ताली कुलका नायक एनानको छोरो अहीराले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकार थियोः पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो, दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो। होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेंडा तथा एक बर्षे एउटा थुमा, पापबलिको निम्ति एउटा बोको, अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। एनानको छोरा अहीराले चढाएको बलि यिनीहरू नै हुन्। मोशाले वेदी अभिषेक गरेको समयमा इस्राएली मानिसहरूका कुल नायकहरूले चढाएका उपहार यिनीहरू नै थिए। बाह्रवटा चाँदीको थाल, बाह्रवटा चाँदीको भाँडा, बाह्रवटा सुनको ठूलो धूपौरो। प्रत्येक चाँदीको थालको ओजन एकसय तीस शेकेल अनि प्रत्येक चाँदीको भाँडाको ओजन सत्तरी शेकेल थियो। भाँडा-कुँडाहरूको जम्मै चाँदीको तौल पवित्र स्थानको शेकेलको तौल बमोजिम 2,400 शेकेल थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार, बाह्रवटा सुनको धूपौरोहरूको ओजन एउटाको दश शेकेल गरी जम्मा एक सय बीस शेकेल थियो। होमबलिको निम्ति चढाइएका पशुहरू जम्मा बाह्रवटा जवान गोरू, बाह्रवटा एक बर्षका पाठा भेंडा, तिनीहरूलाई चाहिने अन्नबलि सहित बाह्रवटा थुमाहरू र पापबलिको निम्ति बाह्रवटा बोकाहरू थिए। मेलबलिको निम्ति चढाइएको पशुहरूको जम्मा संख्या-चौबिसवटा गोरू, साठ्ठीवटा भेंडा, साठ्ठीवटा बोका र साठ्ठीवटा एक बर्षे थुमा थिए। वेदी अभिषेक गरिएको समयमा चढाइएको उपहारहरू यी नै हुन्। परमेश्वरसित कुरा गर्न जब मोशा भेट हुने पालभित्र गए, करारको सन्दूकमाथिको कृपा-आसनमा दुइजना करूब स्वर्गदूतहरूको माझबाट परमेश्वरले तिनीसँग बोलिरहेको आवाज सुने। यसरी परमेश्वरले तिनीसित कुरा गर्नुभयो।

शेयर गर्नुहोस्
गन्ती 7 पढ्नुहोस्

गन्ती 7:12-89 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूले आफ्‍ना भेटीहरू यस प्रकारले चढाए: पहिलो यहूदा अम्‍मीनादाबको छोरो नहशोन दोस्रो इस्‍साखार सूआरको छोरो नतनेल तेस्रो जबूलून हेलोनको छोरो एलीआब चौथो रूबेन शदेऊरको छोरो एलीसूर पाँचौँ शिमियोन सूरीशद्दैको छोरो शलूमीएल छैटौँ गाद दूएलको छोरो एल्‍यासाप सातौँ एफ्राइम अम्‍मीहूदको छोरो एलीशामा आठौँ मनश्‍शे पदासूरको छोरो गमलिएल नवौँ बेन्‍यामीन गिदेओनीको छोरो अबीदान दशौँ दान अम्‍मीशद्दैको छोरो अहीएजेर एघारौँ आशेर ओक्रानको छोरो पगीएल बाह्रौँ नप्‍ताली एनानको छोरो अहीरा। हरेक मुखियाले ल्‍याएका भेटीहरू एकनासका र यस प्रकारका थिए– अन्‍नबलिको निम्‍ति तेलसित मुछेको पिठोले भरिएका दुईवटा चाँदीका पात्रहरू– एउटा अधिकारीहरूले तोकेको ओजनअनुसार डेढ किलोग्रामको बटुको र अर्को आठ सय किलोग्रामको भाँडो, धूपले भरिएको एउटा एक सय दश ग्रामका सुनको थाल, होमबलिको निम्‍ति एउटा साँढे, एउटा साँढ-भेडा र एउटा एकवर्षे थुमा, पापबलिको निम्‍ति एउटा बाख्रा र मेलबलिको निम्‍ति दुईवटा साँढे, पाँचवटा भेडा, पाँचवटा बाख्रा र पाँचवटा भेडाका एकवर्षे थुमाहरू। वेदी अर्पण गर्नलाई ती बाह्र जना मुखियाहरूले ल्‍याएका जम्‍मा भेटी यस प्रकारका थिए: बाह्रवटा चाँदीका बटुको र बाह्रवटा चाँदीका भाँडाहरू, जसको जम्‍मा ओजन सत्ताईस किलो अनि ६ सय ग्राम थियो, धूपले भरिएका बाह्रवटा सुनका धुपौरा, जसको पूरा ओजन एक किलो तीन सय बीस ग्राम थियो, होमबलिको निम्‍ति बाह्रवटा साँढे, बाह्रवटा भेडा र बाह्रवटा एकवर्षे भेडाका थुमाहरू र तीसित चढाइने अन्‍नबलिका सामान, पापबलिको निम्‍ति बाह्रवटा बाख्राहरू, मेलबलिको निम्‍ति चौबीसवटा साँढे, साठीवटा भेडा र साठीवटा बाख्राहरू र साठीवटा एकवर्षे भेडाका थुमाहरू। जब मोशा पवित्र पालमा परमप्रभुसित कुरा गर्नलाई गए, तिनले करारको सन्‍दुकको प्रायश्‍चितको ढकनामाथि भएका दुईवटा करूबहरूका बीचबाट परमप्रभु बोल्‍दै गर्नुभएको सुने।

शेयर गर्नुहोस्
गन्ती 7 पढ्नुहोस्