गन्ती 15:17-41
गन्ती 15:17-41 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भनः ‘जब तिमीहरू मैले लैजाँदै गरेको भूमिमा पुग्छौ, अनि त्यस भूमिमा उब्जेको खाद्य जब तिमीहरू खान्छौ, तिमीहरूले परमप्रभुलाई बलि चढाउनै पर्छ। तिमीहरूको पहिलो हलोबाट तिमीहरूले एउटा रोटी बलि झैं चढाउनु पर्छ। यो तिमीहरूले यस्तै प्रकारले चढाउनु पर्छ जस्तो तिमीहरूको खलाबाट बलिहरू चढाइरहेछौ। यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउँनु पर्छ।’ “अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्सियौ भने के गर्नुपर्छ? मोशा मार्फत परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनुभयो। परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनु भएकै दिनदेखि यिनीहरू लागू छन्। अनि यी आज्ञाहरू निरन्तर चलिरहनेछन्। यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौ अथवा बिर्स्यौ भने के गर्छौ? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्से तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान साँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ। “यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्। त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए। “तर यदि एउटाले अन्जानमा पाप गर्छ भने, एक बर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ। यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रयाश्चित गराउने छ जसले अन्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ। इस्राएलीहरूको बीचमा मानिसहरू चाहे इस्राएली नागरिकहरू हो अथवा विदेशी जो भए तापनि नियम सबैको निम्ति एउटा हुन्छ जसले अञ्जानमा भूल गर्छ। “तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ। किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडेर परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।” जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे। ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए। तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्। तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।” यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे। परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई यी कुराहरू भन् ‘आउने पुस्ताहरू भरि तिमीहरूले फुर्काहरू बनाउनु पर्छ अनि तिनीहरूलाई तिमीहरूको लुगाको कुनामा टाँस्नु पर्छ। त्यस पछि तिमीहरूको लुगाको प्रत्येक कुनाको फुर्काहरूमा निलो धागो बाँध। यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ। तब तिमीहरू परमेश्वरको विशेष ब्यक्तिहरू हुनेछौ कारण तिमीहरूलाई आज्ञाहरू पालन गर्न याद आइरहन्छ।’ म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म नै एक हुँ जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याँए। तिमीहरूको परमेश्वर हुनुलाई मैले यसो गरें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
गन्ती 15:17-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘जब तिमीहरू मैले तिमीहरूलाई लैजाने देशमा पुग्छौ, तब तिमीहरूले त्यस देशको अन्न खाँदा परमप्रभुको निम्ति बलि चढ़ाउनू। आफ्नो पहिलो पीठोको फुरौला तिमीहरूले खलाबाट ल्याएको बलिजस्तो चढ़ाउनू। तिमीहरूका आउने पुस्तौँसम्म तिमीहरूले पहिलो पीठोबाट परमप्रभुको निम्ति बलि चढ़ाउनू। “‘तिमीहरूले भूल गरेर परमप्रभुले मोशालाई दिनुभएका यी सबै आज्ञाहरूमध्ये कुनै आज्ञा पालन गरेनौ, अर्थात् तिमीहरूका सारा पुस्तौँसम्म प्रथम दिनदेखि अहिलेसम्म परमप्रभुले मोशाद्वारा दिनुभएका आज्ञाहरूमध्ये कुनै आज्ञा पालन गरेनौ भने, र समुदायले थाहा नपाई त्यो काम अजानमा गरेको रहेछ भने, सारा समुदायले परमप्रभुलाई मन पर्ने मीठो बास्ना स्वरूप होमबलिको निम्ति एउटा बाछो, त्यसको अन्नबलि र अर्घ-बलिको साथमा विधिअनुसार चढ़ाओस्, र साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाओस्। पूजाहारीले इस्राएलीहरूका जम्मै समुदायको निम्ति प्रायश्चित गरून्, र तिनीहरूलाई क्षमा हुनेछ, किनभने त्यो अजानमा गरिएको थियो, र तिनीहरूले आफ्नो अधर्मको निम्ति परमप्रभुलाई आगोद्वारा चढ़ाइएको बलि र पापबलि परमप्रभुको सामुन्ने ल्याएका छन्। यसरी इस्राएलीहरूका सारा समुदाय र तिनीहरूका बीचमा बस्ने प्रवासीलाई पनि क्षमा गरिनेछ, किनभने सबै मानिसहरू अजानमा नै यस अधर्ममा परेका थिए। “‘यदि कुनै एक जना मानिसले अजानमा पाप गर्यो भने, त्यसले एउटा एक वर्षे बाख्राकी पाठी चढ़ाओस्। अजानमा पाप गर्ने त्यस व्यक्तिको प्रायश्चितको निम्ति पूजाहारीले परमप्रभुको सामु प्रायश्चित गरून्, र त्यसलाई क्षमा हुनेछ। अजानमा पाप गर्ने इस्राएली वा तिमीहरूसँग बस्ने प्रवासीको एउटै नियम होस्। “‘तर स्वदेशी वा परदेशी कुनै व्यक्तिले अटेरीसाथ पाप गर्यो भने, त्यसले निन्दा गर्छ, र त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कृत होस्। किनभने त्यसले परमप्रभुको वचनलाई तिरस्कार गरेको छ, र उहाँका आज्ञा भङ्ग गरेको छ। त्यो व्यक्ति बिलकुलै बहिष्कार गरिओस्। त्यसले आफ्नो अधर्मको फल भोगोस्’।” इस्राएलीहरू उजाड़-स्थानमा हुँदा तिनीहरूले एक जना मानिसलाई शबाथ-दिनमा दाउरा बटुलिरहेको फेला पारे। दाउरा बटुल्नेलाई तिनीहरूले मोशा, हारून र सारा समुदायकहाँ ल्याए। त्यसलाई गर्नुपर्ने कारवाही थाहा नभएकोले तिनीहरूले त्यसलाई थुनामा राखे। तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मारिनैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गा हानेर मारून्।” अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सारा समुदायले त्यसलाई छाउनीबाहिर ल्याए, र त्यसलाई मारे। फेरि परमप्रभुले मोशालाई यसो भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘तिनीहरूले आफ्ना सबै पुस्तौँभरि लुगाको किनारमा नीलो फित्ता लगाएको झुम्का हालून्। त्यस झुम्कालाई हेर्दा तिमीहरूलाई परमप्रभुका आज्ञाहरूको सम्झना होस् कि तिमीहरूले ती आज्ञाहरू पालन गर, र आफ्ना मन र आँखाका लालसामा लागेर पथभ्रष्ट नहोओ। तब तिमीहरूले मेरा सबै आज्ञा मान्न सम्झना राखेर आफ्ना परमेश्वरको निम्ति पवित्र हुनेछौ। तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर मै हुँ। परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ’।”
गन्ती 15:17-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई यी तलका नियमहरू दिनुभयो। उहाँले तिनीहरूलाई दिनुहुने देशमा ती तिनीहरूले पालन गर्नुपर्ने थियो। त्यस देशमा उब्जनी भएको अन्न खाँदा त्यसको केही हिस्सा परमप्रभुलाई विशेष भेटीको रूपमा छुट्ट्याउनुपर्नेछ। जब तिमीहरू रोटी पोल्दछौ, नयाँ अन्नले बनेको पहिलो रोटी परमप्रभुलाई एउटा विशेष भेटीका रूपमा चढाउनुपर्छ। त्यो रोटी ठीक त्यही प्रकारले चढाउनुपर्नेछ, जसरी तिमीहरू आफूले छाँटेका पहिलो अन्नबाट विशेष भेटी चढाउँदछौ। आउँदो सदाकालको निम्ति तिमीहरूले यो विशेष भेटी आफूले पोलेको रोटीबाट परमप्रभुलाई दिनुपर्नेछ। तर यदि कसैले अन्जानमा परमप्रभुले मोशालाई दिनुभएको यी नियम पालन गरेन भने वा त इस्राएली समाजले आउँदा दिनमा परमप्रभुले आगोद्वारा दिनुभएको आज्ञाहरू मानेनन् भने र समाजमा अज्ञानताले यदि त्यो भुल भएको हो भने तिनीहरूले उचित अन्नबलि र मद्यबलिसित एउटा साँढे होमबलि चढाऊन्। तिनका बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। त्यसमाथि तिनीहरूले एउटा बाख्राको पापबलि चढाऊन्। पूजाहारीले समाजको लागि शुद्धीकरणको विधि पूरा गर्नेछ र तिनीहरूले क्षमा पाउनेछन् किनभने तिनीहरूले जानी-जानी भुल गरेका होइनन् र तिनीहरूले पापबलि र आगोद्वारा चढाइने बलि परमप्रभुलाई चढाएका छन्। इस्राएलका सारा समाज र तिनीहरूका माझमा बास गर्ने विदेशीहरूले क्षमा पाउनेछन् किनभने सबै जना त्यस भुलमा दोषी भएका थिए। कुनै एक व्यक्तिले अन्जानमा पाप गर्यो भने त्यसले एउटा एकवर्षे पाठी पापबलि चढाओस्। वेदीमा पूजाहारीले त्यसलाई शुद्ध पार्नलाई शुद्धीकरणको विधि पूरा गरोस् र त्यसले क्षमा पाउनेछ। अन्जानमा पाप गर्ने इस्राएली होस् वा त्यहीँ बास गर्ने विदेशी, दुवैमाथि एउटै नियम लागू हुनेछ। तर इस्राएली होस् वा विदेशी, जसले जानी-जानी पाप गर्छ, त्यसमाथि परमप्रभुलाई अपमान गरेको दोष लाग्नेछ र त्यसलाई मार्नुपर्छ किनभने त्यसले परमप्रभुको वचनलाई लत्यायो र उहाँको आज्ञा जानी-जानी तोड्यो। त्यसको मृत्युको लागि त्यो आफैं जिम्मेवार छ। इस्राएलीहरू उजाड-भूमिमा नै हुँदा एकचोटि एउटा मान्छेले विश्रामको दिनमा दाउरा बटुलिरहेको भेटियो। त्यसलाई तिनीहरूले मोशा, हारून र सारा समाजको अघि पुर्याए। त्यसलाई के गर्नुपर्ने हो, त्यो पक्का थाहा नपाएकोले तिनीहरूले त्यसलाई थुनामा राखे। तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिसलाई मार्नुपर्छ। सारा समाजले त्यसलाई छाउनी बाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।” यसकारण परमप्रभुले आज्ञा गर्नुभएअनुसार सारा समाजले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हानेर मारे। परमप्रभुले इस्राएलका मानिसहरूलाई यसो भन्नू भनी मोशालाई आज्ञा गर्नुभयो, “आफ्ना वस्त्रका कुना-कुनामा झुम्का लगाओ र झुम्कामा नीलो डोरी हाल। आउँदो सदाकालको लागि तिमीहरूले त्यसो गर्नू। ती झुम्काले तिमीहरूलाई सम्झना दिइरहनेछ र ती झुम्कालाई देख्नेबित्तिकै तिमीहरूले मेरा सबै आज्ञाहरू याद गर्नेछौ र तिनको पालन गर्नेछौ। तब तिमीहरू मदेखि तर्की जाने छैनौ र आफ्नै मनका इच्छा र चाहनाको पछि लाग्नेछैनौ। ती झुम्काहरूले मेरा आज्ञाहरू पालन गर्न तिमीहरूलाई याद दिलाउनेछन् र तिमीहरू सम्पूर्णरूपले मेरा हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई तिमीहरूका परमेश्वर बनूँ भनी मिश्रदेखि निकाली ल्याएँ। म परमप्रभु हुँ।”

गन्ती 15:17-41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले लैजाँदैगरेको देशमा प्रवेश गर्नेछौ, तब तिमीहरूले त्यस देशको भोजन खाँदा एक भाग भेटीको रूपमा याहवेहलाई चढाउनू। तिमीहरूको खलाबाट आएको पहिलो नयाँ फसलको अन्नको पिठोबाट बनाएको रोटी भेटीको रूपमा चढाउनू। आउने पुस्ताभरि नै तिमीहरूले याहवेहलाई आफ्नो जमिनको पहिलो बालीको पिठोबाट अगौटे भेटी चढाउनू। “ ‘यदि याहवेहले मोशालाई दिनुभएको आज्ञाहरूलाई अनजानमा तिमीहरूले पूरा गर्न सकेनौ भने अर्थात् याहवेहले मोशाद्वारा दिनुभएका आज्ञाहरू, उहाँले दिनुभएको दिनदेखि अहिलेसम्म र आउने पुस्ताहरूले पनि यी आज्ञाहरू पालन गर्न चुके भने— र यदि तिमीहरूले यी समुदायले थाहा नपाई अनजानमा गर्यौ भने सारा समुदायले याहवेहका निम्ति मनपर्दो मिठो बास्नाको रूपमा होमबलिको निम्ति एउटा बहर, साथै तोकिएको अन्नबलि र अर्घबलि अनि पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू। पुजारीले सारा इस्राएली समुदायका निम्ति पापको प्रायश्चित गरोस्, र तिनीहरूलाई क्षमा हुनेछ। किनकि त्यो तिनीहरूले अनजानमा गरेको भूल हुनाले याहवेहकहाँ अन्नबलि र पाप शुद्धीकरण बलि ल्याएका हुन्। सारा इस्राएली समुदाय र तिनीहरूसँग बसोबास गर्ने परदेशीहरूले पनि क्षमा पाउनेछन्। किनभने ती सबै मानिसहरूले अनजानमा भूल गरेका थिए। “ ‘तर यदि एक जनाले मात्र अनजानमा पाप गर्यो भने त्यसले पाप शुद्धीकरण बलिका निम्ति बाख्राको एकवर्षे पाठी ल्याओस्। पुजारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति याहवेहको सामु प्रायश्चित गरोस्; र त्यसका निम्ति प्रायश्चित भएपछि त्यसलाई क्षमा हुनेछ। अनजानमा पाप गर्ने व्यक्ति स्वदेशमा जन्मेको इस्राएली होस्, अथवा तिमीहरूको बीचमा बसोबास गर्ने विदेशी होस्, सबैका निम्ति एउटै नियम लागू हुनेछ। “ ‘तर चाहे स्वदेशमा जन्मेको होस्, अथवा विदेशी होस्, यदि कसैले अनादरपूर्वक जानाजानी पाप गर्यो र याहवेहको नामको निन्दा गर्यो भने त्यस व्यक्तिलाई इस्राएली समाजबाट बहिष्कार गरिनुपर्छ। किनभने तिनीहरूले याहवेहको वचन तिरस्कार गरे। अनि उहाँका आज्ञाहरू भङ्ग गरेको कारण तिनीहरूलाई निश्चय नै बहिष्कार गरिनुपर्छ। तिनीहरूको दोषको दण्ड तिनीहरूमाथि नै पर्नेछ।’ ” इस्राएलीहरू उजाडस्थानमा हुँदा एक जना मानिस विश्रामदिनमा दाउरा बटुलिरहेको भेटियो। अनि जसले त्यसलाई दाउरा बटुलिरहेको भेट्टाए, तिनीहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए। अनि त्यसलाई के गर्नुपर्ने हो, स्पष्ट थाहा भएन। यसैले तिनीहरूले त्यसलाई थुनामा राखे। तब याहवेहले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।” यसकारण समुदायले त्यसलाई छाउनीबाहिर लगेर याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे। याहवेहले मोशालाई भन्नुभयो, “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘आउने पुस्ताभरिका लागि तिमीहरूका वस्त्रहरूका कुनामा निलो धागोको झुम्काहरू बनाउनू। यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ। तब तिमीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नलाई याद गर्नेछौ। अनि तिमीहरू आफ्ना परमेश्वरका निम्ति पवित्र हुनेछौ। म याहवेह तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ ”