YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 1:3-11

नहेम्‍याह 1:3-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्‍दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्‍काइएको छ र त्‍यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएका छन्‌।” यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्‍म विलाप गर्दैरहें, र उपवास बसें अनि स्‍वर्गका परमेश्‍वरसित प्रार्थना गरें। तब मैले भनें: “हे परमप्रभु, स्‍वर्गका परमेश्‍वर, महान्‌ र भययोग्‍य परमेश्‍वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्‍नो करार विश्‍वाससित राख्‍नुहुन्‍छ। इस्राएलका मानिसहरू, तपाईंका दासहरूका पक्षमा रातदिन तपाईंलाई गरेको मेरो विनम्र प्रार्थना सुन्‍न तपाईंले आफ्‍नो कान थाप्‍नुहोस्‌ र आँखा खोल्‍नुहोस्‌। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीहरूले गरेका पाप म स्‍वीकार गर्दछु। म र मेरा पिताको घराना पनि त्‍यसमा दोषी छौं। तपाईंले आफ्‍ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं। “आफ्‍ना दास मोशालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्‍झनुहोस्, ‘यदि तिमीहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्‍यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने पृथ्‍वीको पल्‍लो छेउसम्‍म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्‍थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्‍याउनेछु’। “तपाईंले आफ्‍नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्‌। हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्‍यानसित कान थाप्‍नुहोस्, र तपाईंका नाउँको सम्‍मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌। आज यस मानिसको उपस्‍थितिमा आफ्‍नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्‌।” त्‍यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।

शेयर गर्नुहोस्
नहेम्‍याह 1 पढ्नुहोस्

नहेम्‍याह 1:3-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूले मलाई भने, “कैदबाट बाँचेर निर्वासनबाट फर्कनेहरू अति कष्‍टमा र अपहेलनामा परेका छन्। यरूशलेमको पर्खाल भत्काइएको छ, र त्यसका ढोकाहरू आगोद्वारा जलाएर भस्म पारिएका छन्।” जब मैले यो खबर सुनेँ, तब म बसेर रोएँ। मैले केही दिनसम्म विलाप गरेँ, उपवास बसेँ र स्वर्गका परमेश्‍वरसँग प्रार्थना गरेँ। तब मैले भनेँ: “हे याहवेह, स्वर्गका परमेश्‍वर, महान् र भययोग्य परमेश्‍वर, तपाईंले तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञापालन गर्नेहरूप्रति आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ। इस्राएलका मानिस तपाईंका सेवकहरूका निम्ति तपाईंको अगि तपाईंको सेवकले दिनरात चढाइरहेको प्रार्थना ध्यानसँग सुन्‍नलाई तपाईंका कानहरूले ध्यान देऊन् र हेर्नलाई आँखा खुला रहून्। हामी सबै इस्राएलीहरूले पाप गरेका छौँ, साथै म र मेरा पिताका घरानाले तपाईंको विरुद्धमा गरेका पापहरू स्वीकार गर्दछु। हामीले तपाईंको विरुद्धमा अति दुष्‍ट काम गरेका छौँ। तपाईंले तपाईंको सेवक मोशालाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू हामीले पालन गरेका छैनौँ। “तपाईंले आफ्नो सेवक मोशालाई यसो भनेर दिनुभएका वचनहरू सम्झनुहोस्, ‘यदि तिमीहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पारिदिनेछु। तर यदि तिमीहरू मकहाँ फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूका कैदमा लगिएका मानिसहरू पृथ्वीको पल्‍लो छेउमा भए तापनि म तिनीहरूलाई त्यहाँबाट बटुल्नेछु। अनि तिनीहरूलाई मैले आफ्नो नामको खातिर मेरो वासस्थान हुनलाई चुनेको ठाउँ यरूशलेममा ल्याउनेछु।’ “तिनीहरू तपाईंका सेवक र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र सामर्थी हातले उद्धार गर्नुभयो। हे प्रभु, तपाईंको कान तपाईंको यस सेवकको प्रार्थना र तपाईंको नामको डर मान्‍नलाई खुशी हुने तपाईंका सेवकहरूका प्रार्थनाप्रति ध्यान केन्द्रित रहून्। राजाको उपस्थितिमा निगाह प्राप्‍त गर्न दिएर तपाईंको सेवकलाई सफलता दिनुहोस्।” म राजालाई दाखमद्य टक्राउने अधिकृत थिएँ।

शेयर गर्नुहोस्
नहेम्‍याह 1 पढ्नुहोस्

नहेम्‍याह 1:3-11 पवित्र बाइबल (NERV)

तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।” जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे। मैले भनें, “परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्। “तपाईंको सेवक म र तपाईंका सेवक इस्राएलका मानिसहरूले हजुरको विरोधमा गरेको पाप स्वीकार गरे रातदिन तपाईंलाई प्रार्थना गरिरहेकोछु दया गरी कान थापियोस् अनि आखाँहरू उघारियोस् म र मेरो पुर्खाहरूले पनि पाप गरेकाछौं। हामी इस्राएलीहरूले तपाईं प्रति दुष्ट कार्य गरेका छौं अनि हामी तपाईंका सेवक मोशालाई दिनुभएको आज्ञा पालन गरेका छैनौ। “तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, ‘यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु। तर यदि तिमीहरू म कहाँ फर्की आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्यौ भने। तब तिनीहरूका कैदी मानिसहरू पृथ्वीको जहीं कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्न चुनेको छु।’ “ती मानिसहरू तपाईंका सेवक हुन् जसलाई तपाईंले आफ्ना महानशक्ति अनि सुदृढ हातद्वारा मुक्त गरिदिनु भयो। हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्न ध्यानमय रहुन् जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।”

शेयर गर्नुहोस्
नहेम्‍याह 1 पढ्नुहोस्

नहेम्‍याह 1:3-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ती कैदबाट बाँचेर घर फर्केका यहूदीहरू महासङ्कष्‍टमा छन्, छेउ-छाउमा बस्‍ने विदेशीहरूले तिनीहरूलाई हेला गर्छन्, यरूशलेमको पर्खाल अझै भत्‍केकै छ र आगाले नष्‍ट भएको दिनदेखि आजसम्‍म त्‍यसका फाटकहरू मर्मत भएका छैनन् भनेर तिनीहरूले मलाई भने। यी कुरा सुनेर म भूइँमा बसें र रोएँ। मैले धेरै दिन शोक गरें र केही खाइनँ। मैले परमेश्‍वरलाई प्रार्थना गरें, “हे परमप्रभु, स्‍वर्गका परमेश्‍वर, तपाईं महान् हुनुहुन्‍छ, हामी तपाईंको भय मान्‍छौं। तपाईंका आज्ञा मान्‍ने र तपाईंलाई प्रेम गर्नेहरूसँग गर्नुभएको आफ्‍नो करार तपाईंले विश्‍वासयोग्‍यतासाथ पूरा गर्नुहुन्‍छ। मलाई हेर्नुहोस्, प्रभु! मेरो बिन्‍ती सुन्‍नुहोस्, म रात-दिन तपाईंको दास इस्राएलीहरूको निम्‍ति प्रार्थना गर्दछु। हामी इस्राएलीहरूले पाप गर्‍यौं। म मान्‍दछु। मेरा पुर्खाहरूले पाप गरे, मैले पनि पाप गरें। हामीले तपाईंको विरुद्धमा दुष्‍कर्म गरेका छौं र तपाईंका आज्ञा मानेका छैनौं। तपाईंले आफ्‍ना दास मोशाद्वारा दिनुभएका विधि विधानहरू हामीले मानेका छैनौं। तपाईंले मोशालाई दिनुभएका आफ्‍ना यी वचन स्‍मरण गर्नुहोस्, ‘तिमी इस्राएलका मानिसहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई अरू जातिहरूका बीच छरपस्‍ट पार्नेछु। तर तिमीहरू मतिर फर्की आयौ र मेरा आज्ञापालन गर्‍यौ भने म तिमीहरूलाई मैले छानेको मेरो आराधनास्‍थलमा फर्काई ल्‍याउनेछु। संसारका कुना-कुनासम्‍म तिमीहरू छरिएका छौ भने पनि म तिमीहरूलाई फर्काई ल्‍याउनेछु।’ “हे परमप्रभु! यिनीहरू तपाईंका दास हुन्, तपाईंका आफ्‍ना प्रजा हुन्। तपाईंले आफ्‍नो महान् बल र शक्तिले यिनीहरूको उद्धार गर्नुभएको हो। मेरो प्रार्थना सुन्‍नुहोस्। तपाईंलाई आदर गर्न चाहने तपाईंका अरू सबै दासहरूका प्रार्थना सुन्‍नुहोस्। मलाई आज सफलता दिनुहोस् र राजालाई मतिर दयालु बनाउनुहोस्।” ती दिनमा म राजाको मद्य टक्र्याउने एउटा अधिकारी थिएँ।

शेयर गर्नुहोस्
नहेम्‍याह 1 पढ्नुहोस्