ती कैदबाट बाँचेर घर फर्केका यहूदीहरू महासङ्कष्टमा छन्, छेउ-छाउमा बस्ने विदेशीहरूले तिनीहरूलाई हेला गर्छन्, यरूशलेमको पर्खाल अझै भत्केकै छ र आगाले नष्ट भएको दिनदेखि आजसम्म त्यसका फाटकहरू मर्मत भएका छैनन् भनेर तिनीहरूले मलाई भने। यी कुरा सुनेर म भूइँमा बसें र रोएँ। मैले धेरै दिन शोक गरें र केही खाइनँ। मैले परमेश्वरलाई प्रार्थना गरें, “हे परमप्रभु, स्वर्गका परमेश्वर, तपाईं महान् हुनुहुन्छ, हामी तपाईंको भय मान्छौं। तपाईंका आज्ञा मान्ने र तपाईंलाई प्रेम गर्नेहरूसँग गर्नुभएको आफ्नो करार तपाईंले विश्वासयोग्यतासाथ पूरा गर्नुहुन्छ। मलाई हेर्नुहोस्, प्रभु! मेरो बिन्ती सुन्नुहोस्, म रात-दिन तपाईंको दास इस्राएलीहरूको निम्ति प्रार्थना गर्दछु। हामी इस्राएलीहरूले पाप गर्यौं। म मान्दछु। मेरा पुर्खाहरूले पाप गरे, मैले पनि पाप गरें। हामीले तपाईंको विरुद्धमा दुष्कर्म गरेका छौं र तपाईंका आज्ञा मानेका छैनौं। तपाईंले आफ्ना दास मोशाद्वारा दिनुभएका विधि विधानहरू हामीले मानेका छैनौं। तपाईंले मोशालाई दिनुभएका आफ्ना यी वचन स्मरण गर्नुहोस्, ‘तिमी इस्राएलका मानिसहरू अविश्वासी भयौ भने म तिमीहरूलाई अरू जातिहरूका बीच छरपस्ट पार्नेछु। तर तिमीहरू मतिर फर्की आयौ र मेरा आज्ञापालन गर्यौ भने म तिमीहरूलाई मैले छानेको मेरो आराधनास्थलमा फर्काई ल्याउनेछु। संसारका कुना-कुनासम्म तिमीहरू छरिएका छौ भने पनि म तिमीहरूलाई फर्काई ल्याउनेछु।’ “हे परमप्रभु! यिनीहरू तपाईंका दास हुन्, तपाईंका आफ्ना प्रजा हुन्। तपाईंले आफ्नो महान् बल र शक्तिले यिनीहरूको उद्धार गर्नुभएको हो। मेरो प्रार्थना सुन्नुहोस्। तपाईंलाई आदर गर्न चाहने तपाईंका अरू सबै दासहरूका प्रार्थना सुन्नुहोस्। मलाई आज सफलता दिनुहोस् र राजालाई मतिर दयालु बनाउनुहोस्।” ती दिनमा म राजाको मद्य टक्र्याउने एउटा अधिकारी थिएँ।
नहेम्याह 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 1:3-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू