मर्कूस 15:1-15
मर्कूस 15:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बिहान हुने बित्तिकै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे, र पिलातसकहाँ सुम्पिदिए। पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले उनलाई जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ।” मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, “के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्।” तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्म कि पिलातस छक्क परे। निस्तार-चाड़को बेला मानिसहरूले मागेको एक जना कैदीलाई तिनीहरूका निम्ति पिलातसले छोड्ने गर्थे। विद्रोहको समयमा हत्या गर्ने विद्रोहीहरू झ्यालखानमा थिए। तीमध्ये बारब्बा नाउँको एक जना त्यहाँ थियो। भीड आयो र पिलातसलाई उनको चलनअनुसार तिनीहरूका निम्ति गरिदेऊन् भनी बिन्ती गर्न लाग्यो। पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्न गरे, “के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” किनकि ईर्ष्याले गर्दा नै मुख्य पूजाहारीहरूले येशूलाई उनीकहाँ सुम्पेका हुन् भनी उनलाई थाहा थियो। तर बरु बारब्बालाई तिनीहरूका निम्ति उनले छोडिदेऊन् भनेर मुख्य पूजाहारीहरूले भीड़लाई सुर्याए। पिलातसले फेरि तिनीहरूलाई सोधे, “त्यसो भए जसलाई तिमीहरू यहूदीहरूका राजा भन्छौ, उसलाई चाहिँ म के गरूँ त?” तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।” पिलातसले तिनीहरूलाई भने, “किन? उसले के अपराध गरेको छ र?” तर झन् साह्रो गरी चिच्च्याएर तिनीहरूले भने, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।” तब पिलातसले भीड़लाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्न सुम्पिदिए।

मर्कूस 15:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एकाबिहानै, मुख्य पुजारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू र सम्पूर्ण महासभासँग मिलेर सल्लाह गरी तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए। पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्दै हुनुहुन्छ।” ती मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराहरूको दोष लगाए। यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।” तर येशूले कुनै जवाफ दिनुभएन। यो देखेर पिलातस छक्क परे। अब चाडको समयमा मानिसहरूले बिन्ती गरेर मागेको एक जना कैदीलाई छोडिदिने चलन थियो। झ्यालखानामा अरू विद्रोहीहरूसित एक जना बारब्बा नाम भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो। अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गरिदेऊन् भनी बिन्ती गर्यो। पिलातसले सोधे, “के मैले यहूदीहरूका राजालाई तिमीहरूका निम्ति छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” किनकि मुख्य पुजारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्ने पिलातसलाई थाहा थियो। तर पिलातसले बारब्बालाई नै छोडिदेऊन् भनी मुख्य पुजारीहरूले भीडलाई उक्साए। पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ?” तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” भीडलाई सन्तुष्ट पार्ने इच्छाले पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र तिनले येशूलाई कोर्रा लगाउँदै उहाँलाई क्रूसमा झुण्ड्याउन सुम्पिदिए।
मर्कूस 15:1-15 पवित्र बाइबल (NERV)
एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई साङ्गलोले बाँधे अनि पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए। पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?” येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।” मुख्य पूजाहारीहरूले उनी विरुद्ध अनेकौं अभियोग लगाएका थिए। यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे, “के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिमीमाथि कतिवटा अभियोगहरू लगाएका छन्?” तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे। प्रत्येक वर्ष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ। त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो। मानिसहरू कहाँ आए अनि उहाँले सधैँ गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे। पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?” पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे। तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए। पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?” मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।” पिलातसले तिनीहरूलाई भने, “किन उसले के त्यस्तो अपराध गरेको छ?” तर मानिसहरू झन् जोर-जोरसँग कराउन लागे, “उसलाई क्रुसमा टाँग्नुहोस्!” पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकूम दिए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।
मर्कूस 15:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बिहान सबेरै मुख्य पूजाहारी, अगुवा र धर्म-गुरुहरू र महासभाका जम्मै सदस्यहरूले सभा गरे अनि येशूलाई बाँधेर तिनीहरूले रोमी बडा-हाकिम पिलातसकहाँ पुर्याए। पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” मुख्य पूजाहारीहरूले येशूलाई धेरै कुराहरूको दोष लगाए। त्यसकारण पिलातसले उहाँलाई फेरि सोधे, “के तिमीलाई आफ्नो बारेमा केही भन्नु छैन? हेर त तिनीहरूले तिमीलाई कति धेरै दोष लगाइरहेका छन्।” तर येशूले कुनै उत्तर दिनुभएन। यो देखेर पिलातसलाई अचम्म लाग्यो। मुक्ति-दिवस चाडको बेलामा पिलातसले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्ने गरेका थिए। त्यस बेला बारब्बा नाउँ भएको एक जना मानिस थुनामा परेको थियो। त्यसले अरूसँग मिलेर आन्दोलनमा मानिस पनि मारेको थियो। अनि मानिसहरूको भीडले पिलातसकहाँ आएर ‘अरू वर्षजस्तै यस वर्ष पनि एक जना कैदी छोडिदिनुहोस्’ भनी बिन्ती गर्न लागे। पिलातसले भने, “त्यसो भए यहूदीहरूको राजा भन्नेलाई छाडिदिऊँ त?” मुख्य पूजाहारीले डाह गरेर येशूलाई उनीकहाँ सुम्पन ल्याएका हुन् भन्ने कुरा पिलातसलाई थाहा थियो। तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई सुर्याएर ‘येशूलाई होइन, बारब्बालाई नै छाडिदेओ’ भन्न लगाए। पिलातसले मानिसहरूलाई फेरि सोधे, “तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ त?” तिनीहरूले कराउँदै भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।” पिलातसले सोधे, “यिनले के अपराध गरेका छन्?” तर तिनीहरूले झन् चिच्च्याएर भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।” पिलातस भीडलाई खुसी पार्न चाहन्थे। यसैकारण उनले बारब्बालाई नै छोडिदिए। येशूलाई चाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्ड्याउन जिम्मा लगाए।