बिहान सबेरै मुख्य पूजाहारी, अगुवा र धर्म-गुरुहरू र महासभाका जम्मै सदस्यहरूले सभा गरे अनि येशूलाई बाँधेर तिनीहरूले रोमी बडा-हाकिम पिलातसकहाँ पुर्याए। पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” मुख्य पूजाहारीहरूले येशूलाई धेरै कुराहरूको दोष लगाए। त्यसकारण पिलातसले उहाँलाई फेरि सोधे, “के तिमीलाई आफ्नो बारेमा केही भन्नु छैन? हेर त तिनीहरूले तिमीलाई कति धेरै दोष लगाइरहेका छन्।” तर येशूले कुनै उत्तर दिनुभएन। यो देखेर पिलातसलाई अचम्म लाग्यो। मुक्ति-दिवस चाडको बेलामा पिलातसले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्ने गरेका थिए। त्यस बेला बारब्बा नाउँ भएको एक जना मानिस थुनामा परेको थियो। त्यसले अरूसँग मिलेर आन्दोलनमा मानिस पनि मारेको थियो। अनि मानिसहरूको भीडले पिलातसकहाँ आएर ‘अरू वर्षजस्तै यस वर्ष पनि एक जना कैदी छोडिदिनुहोस्’ भनी बिन्ती गर्न लागे। पिलातसले भने, “त्यसो भए यहूदीहरूको राजा भन्नेलाई छाडिदिऊँ त?” मुख्य पूजाहारीले डाह गरेर येशूलाई उनीकहाँ सुम्पन ल्याएका हुन् भन्ने कुरा पिलातसलाई थाहा थियो। तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई सुर्याएर ‘येशूलाई होइन, बारब्बालाई नै छाडिदेओ’ भन्न लगाए। पिलातसले मानिसहरूलाई फेरि सोधे, “तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ त?” तिनीहरूले कराउँदै भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।” पिलातसले सोधे, “यिनले के अपराध गरेका छन्?” तर तिनीहरूले झन् चिच्च्याएर भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।” पिलातस भीडलाई खुसी पार्न चाहन्थे। यसैकारण उनले बारब्बालाई नै छोडिदिए। येशूलाई चाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्ड्याउन जिम्मा लगाए।
मर्कूस 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 15:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू