YouVersion लोगो
खोज आइकन

मत्ती 8:18-22

मत्ती 8:18-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब येशूले आफ्‍नो वरिपरि ठूला भीड़हरूलाई देख्‍नुभयो, उहाँले तालको पारि जाने आज्ञा दिनुभयो। एक जना शास्‍त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, तपाईं जहाँ-जहाँ जानुहुन्‍छ, म तपाईंलाई पछ्याउनेछु।” येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्‍छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्‍काउने ठाउँ पनि छैन।” उहाँका चेलाहरूमध्‍ये अर्को एक जनाले भन्‍यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्‌ने अनुमति दिनुहोस्‌।” तर येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि आऊ, मुर्दाले नै तिनका आफ्‍ना मुर्दा गाडून्‌।”

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्

मत्ती 8:18-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

आफ्नो चारैतिर भीडलाई देखेर येशूले आफ्ना चेलाहरूलाई तालको पारिपट्टि जाने आज्ञा दिनुभयो। तब एक जना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।” येशूले जवाफ दिनुभयो, “फ्याउराहरूका ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।” अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।” तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्।”

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्

मत्ती 8:18-22 पवित्र बाइबल (NERV)

येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो। त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, “हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।” येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।” अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, “हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।” तर येशूले ती मानिसलाई भन्नुभयो, “मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफैं गाडुन्।”

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्

मत्ती 8:18-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले आफ्‍नो वरिपरि मानिसहरूको ठूलो हुल देखेर आफ्‍ना चेलाहरूलाई “लौ हामी तालको पारिपट्टि जाऔं,” भन्‍नुभयो। त्‍यति नै बेला एक जना धर्म-गुरुले उहाँकहाँ आएर भने, “गुरुज्‍यू, तपाईं जहाँ गए पनि म तपाईंसँगै जानेछु।” येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, फ्‍याउराहरूका लुक्‍ने ओडार छन्, चरा-चुरुङ्गीहरूका गुँडहरू छन्, तर म मानव पुत्रको टाउको राख्‍ने ठाउँसम्‍म पनि छैन।” अनि चेलाहरूमध्‍ये एउटाले भने, “गुरुज्‍यू, पहिले मलाई गएर मेरो बुबाको लाश गाड्‍न दिनुहोस्।” येशूले तिनलाई भन्‍नुभयो, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्, तिमीचाहिँ मेरो पछि लाग।”

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्