जब येशूले आफ्नो वरिपरि ठूला भीड़हरूलाई देख्नुभयो, उहाँले तालको पारि जाने आज्ञा दिनुभयो। एक जना शास्त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म तपाईंलाई पछ्याउनेछु।” येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन।” उहाँका चेलाहरूमध्ये अर्को एक जनाले भन्यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्।” तर येशूले तिनलाई भन्नुभयो, “मेरो पछि आऊ, मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडून्।”
मत्ती 8 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 8:18-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू