आफ्नो चारैतिर भीडलाई देखेर येशूले आफ्ना चेलाहरूलाई तालको पारिपट्टि जाने आज्ञा दिनुभयो। तब एक जना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।” येशूले जवाफ दिनुभयो, “फ्याउराहरूका ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।” अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।” तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्।”
मत्ती 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 8:18-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू