मत्ती 23:24-26
मत्ती 23:24-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अन्धा अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्दछौ। “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्।
मत्ती 23:24-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमी दृष्टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ। “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ। ए दृष्टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, तब बाहिरपट्टि पनि सफा हुनेछ।
मत्ती 23:24-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरू अन्धा अगुवा हौ किनभने तिमीहरूले भुसुनालाई त चाल्छौ, तर ऊँटलाई भने निल्छौ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू त कपटी छौ। तिमीहरूले थाल र कचौरो चोख्याउन त चोख्याउँछौ, तर त्यसको भित्र भने स्वार्थ र लोभले लुटेर ल्याएका कुराहरूले भर्छौ। ए आँखै नभएका फरिसीहरू हो! पहिले कचौराको भित्रपट्टि सफा गर अनि बाहिरपट्टि पनि सफा हुनेछ।
मत्ती 23:24-26 पवित्र बाइबल (NERV)
तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ। “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्। ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।