YouVersion लोगो
खोज आइकन

मत्ती 23:24-26

मत्ती 23:24-26 NNRV

अन्‍धा अगुवा हो, तिमीहरू भुसुना चाल्‍दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्‍दछौ। “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्‍दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्‍छन्‌। अन्‍धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्‌।