लूका 8:45-48
लूका 8:45-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले भन्नुभयो, “मलाई कसले छोयो?” जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्यू, भीड़ले तपाईंलाई घेरेर ठेल्दैछन्।” तर येशूले भन्नुभयो, “कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ।” अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काम्दै आई र उहाँको सामुन्ने घोप्टो परी, र किन त्यसले उहाँलाई छोई, अनि कसरी तुरुन्तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई। उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ।”
लूका 8:45-48 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले “कसले मलाई छोयो?” भनी सोध्नुभयो। सबैले इन्कार गरेपछि पत्रुसले भने, “गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।” तर येशूले भन्नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।” तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। उसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई, त्यो कुरा सबै मानिसहरूका सामु बताइदिई। तब उहाँले उसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!”
लूका 8:45-48 पवित्र बाइबल (NERV)
अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?” सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यु, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।” तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।” जब त्यो आईमाईले यी कुराहरू सुनी, ऊ लुक्न सकिन, ऊ काम्दै आई अनि येशूको अघि निहुरिएर दण्डवत गरी। ती जम्मै मानिसहरूको अघि त्यस आइमाईले येशूलाई स्पर्श किन गरी अनि कसरी झट्टै आफ्नो रोगबाट मुक्त भएकी थिई बताई। येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसँग जाऊ।”
लूका 8:45-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले सोध्नुभयो, “मलाई कसले छोयो?” तर सबैले “मैले त छोएको छैनँ,” भने। अनि पत्रुसले भने, “गुरुज्यू, तपाईंलाई त मानिसहरूको घुइँचोले नै मिच्तै छ।” तर येशूले भन्नुभयो, “होइन, कसैले मलाई छोएकै हो किनभने मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।” अब लुकिरहनुनहुने रहेछ भन्ने थाहा पाएर ती स्त्री डरले काम्दै आइन् र उहाँको पाउमा परिन्। तिनले उहाँलाई छोएको र छुनेबित्तिकै निको भएको कुरा सबैको सामुन्ने भनिन्। येशूले तिनलाई भन्नुभयो, “ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, अब शान्तिसित जाऊ।”