YouVersion लोगो
खोज आइकन

लूका 8:45-48

लूका 8:45-48 सरल नेपाली

येशूले सोध्‍नुभयो, “मलाई कसले छोयो?” तर सबैले “मैले त छोएको छैनँ,” भने। अनि पत्रुसले भने, “गुरुज्‍यू, तपाईंलाई त मानिसहरूको घुइँचोले नै मिच्‍तै छ।” तर येशूले भन्‍नुभयो, “होइन, कसैले मलाई छोएकै हो किनभने मबाट शक्ति निस्‍केर गएको मैले थाहा पाएँ।” अब लुकिरहनुनहुने रहेछ भन्‍ने थाहा पाएर ती स्‍त्री डरले काम्‍दै आइन् र उहाँको पाउमा परिन्। तिनले उहाँलाई छोएको र छुनेबित्तिकै निको भएको कुरा सबैको सामुन्‍ने भनिन्। येशूले तिनलाई भन्‍नुभयो, “ए छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ, अब शान्‍तिसित जाऊ।”

लूका 8 पढ्नुहोस्