YouVersion लोगो
खोज आइकन

लूका 8:45-48

लूका 8:45-48 NCV

येशूले “कसले मलाई छोयो?” भनी सोध्नुभयो। सबैले इन्कार गरेपछि पत्रुसले भने, “गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।” तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।” तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। उसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई, त्यो कुरा सबै मानिसहरूका सामु बताइदिई। तब उहाँले उसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!”

लूका 8 पढ्नुहोस्