YouVersion लोगो
खोज आइकन

लूका 8:45-48

लूका 8:45-48 NNRV

येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले इन्‍कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्‍यू, भीड़ले तपाईंलाई घेरेर ठेल्‍दैछन्‌।” तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्‍केर गएको मैले थाहा पाएँ।” अब आफू लुकिरहन नसक्‍ने कुरा थाहा पाएर त्‍यो स्‍त्री काम्‍दै आई र उहाँको सामुन्‍ने घोप्‍टो परी, र किन त्‍यसले उहाँलाई छोई, अनि कसरी तुरुन्‍तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई। उहाँले त्‍यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ, शान्‍तिसँग जाऊ।”