YouVersion लोगो
खोज आइकन

लेवीहरू 7:1-27

लेवीहरू 7:1-27 पवित्र बाइबल (NERV)

“दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ। जहाँ सबै होमबलि मारिन्छ त्यही ठाउँमा दोषबलिको पनि त्यही गरियोस्। अनि वेदीको वरीपरि सबैतिर त्यसको रगत छर्कोस्। “त्यसको सबै बोसो, बोसे पुच्छर, आन्द्रा भुँडी छोप्ने बोसो, दुवै मृगौला र त्यसमाथि भएको बोसो, मिगौलासमेत मांशपेशीको तल्लो भागको बोसो अनि कलेजालाई ढाक्ने मासु मृगैला सितै निकाल्नु पर्छ र चढाउनु पर्छ। पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ। “अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ। दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो। जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ। अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ। तर अर्को अन्नबलि जो तेलमा मिसाएर अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हारूनका छोराहरूको हुन्छ। “परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने, उसले उसको धन्यवाद बलिसित खमीर नहाली तेलमा मुछेको रोटी, खमीर नहाली तेल दलेको बाबर रोटी र तेलमा डुबाएको शुद्ध पीठोको फुलौरा चढाओस्। उसले मेलबलिसित धन्यवादको भेटी खमीर मिसाएको रोटी पनि चढाओस्। यसबाट उसले परमप्रभुलाई प्रत्येक एक एकवटा उपहार चढाउनेछ। मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छ यो बलि उसैको हुन्छ। धन्यवादको निम्ति मेल बलिको मासु त्यही बलि चढाएकै दिन खाई सक्नुपर्छ। यसको कुनै अंश अर्को बिहान सम्म रहनुहुँदैन। “यदि उसको बलि परमप्रभुअघि विशेष भाकल पूरा गर्नु राखिएको अथवा परमप्रभुलाई भेटी चढाएको अर्थ लाग्छ। तब बलिदान त्यही दिन खानुपर्छ जहिले बलि चढाइन्छ अनि रहेको अर्को दिन खानु सकिन्छ। तर यदि केही मासु तेस्रो दिनसम्म रहे आगोमा जलाउनुपर्छ। यदि मेलबलिको मासु तेस्रो दिनमा खाए, त्यो स्वीकृत हुने छैन, त्यो एउटा चढाउनेको निम्ति केही गनिने छैन यो अशुद्ध भएको छ। मानिस दोषी हुनेछ अनि जसले यसलाई खान्छ त्यसले दण्ड पाउँनेछ। “कुनै अशुद्ध कुरोले छोएको मासु खान हुँदैन। त्यसलाई आगोमा जलाउनु पर्छ। अनि अरू शुद्ध मानिस जति छन् तिनीहरूले मेल बलिबाट मासु खान सक्छन्। तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्‌याउनु पर्छ। “जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।” परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूलाई भन, तिमीहरूले साँढे, भेंडा अथवा बाख्राहरूको बोसो खानु हुँदैन। तिमीहरूले आफैं मरेको पशु अथवा जंगली जानवरहरूले मारेको पशु अन्य कुनै काममा लाग्न सक्छ, तर तिमीहरूले खानु हुँदैन। परमप्रभुलाई चढाएको पशुको बोसो जुन मानिसले खान्छ उसलाई उसका मानिसहरूबाट अलग्ग गराउनुपर्छ। “चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु। यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।”

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्

लेवीहरू 7:1-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“‘दोषबलिका विधि यी नै हुन्‌: यो अति पवित्र छ। जुन ठाउँमा होमबलि मारिन्‍छ, त्‍यही ठाउँमा दोषबलि पनि मारिओस्‌। त्‍यसको रगत वेदीमा वरिपरि छर्किओस्‌। त्‍यसको सबै बोसो, अर्थात्‌ बोसे-पुच्‍छर र आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो, दुवै मिर्गौला र तीमाथिको र कम्‍मरनेरको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु झिकेर चढ़ाइऊन्‌। पूजाहारीले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्‌। यो दोषबलि हो। पूजाहारीका घरानाको कुनै पनि पुरुषले त्‍यो खान सक्‍छ। तर यो चोखो ठाउँमा खाइओस्‌। यो अति पवित्र छ। “‘पापबलि जस्‍तो हो, दोषबलि पनि त्‍यस्‍तै हो। तिनका निम्‍ति एउटै व्‍यवस्‍था छ। जुन पूजाहारीले त्‍यो चढ़ाएर प्रायश्‍चित गर्छन्, त्‍यो तिनैको होस्‌। जुन पूजाहारीले कुनै मानिसले ल्‍याएको होमबलि चढ़ाउँछन्, त्‍यस होमबलिको छाला ती नै पूजाहारीको होस्‌। चुलोमा पकाइएका, र ताई-ताप्‍के र ताउमा बनाइएका सबै अन्‍नबलि ती चढ़ाउने पूजाहारीका होऊन्‌। अनि तेलमा मुछेका वा फुका सबै अन्‍नबलि हारूनका सबै छोराहरूले बराबर गरी पाऊन्‌। “‘परमप्रभुको निम्‍ति चढ़ाइने मेलबलिका विधि यी नै हुन्‌: “‘यदि त्‍यो धन्‍यवाद दिनका निम्‍ति कसैले चढ़ायो भने, त्‍यसले धन्‍यवादबलिसित तेलमा मुछेको खमिर नहालेको फुरौला, तेल दलेको खमिर नहालेको बाबर र तेलमा भिजाएको मसिनो पीठोको फुरौला चढ़ाओस्‌। त्‍यसले आफ्‍नो धन्‍यवादको मेलबलिसित खमिर हालेको रोटी पनि चढ़ाओस्‌। तीबाट एउटा-एउटा गरी परमप्रभुको निम्‍ति बलिको लागि त्‍यसले चढ़ाओस्‌। मेलबलिको रगत जुन पूजाहारीले छर्कन्‍छन्‌ त्‍यो तिनैको होस्‌। धन्‍यवादका मेलबलिको मासु त्‍यो चढ़ाएकै दिनमा खाइओस्, बिहानसम्‍म त्‍यसले केही नराखोस्‌। “‘तर चढ़ाइने बलिदान भाकलको अथवा राजीखुशीको बलिदान भए त्‍यसले बलिदान चढ़ाएकै दिन त्‍यो खाओस्, र बाँकी रहेको चाहिँ भोलिपल्‍ट खाइओस्‌। पर्सिपल्‍टसम्‍म बाँकी रहेको बलिदानको मासुचाहिँ आगोमा जलाइओस्‌। मेलबलिको मासुबाट पर्सिपल्‍ट कसैले खायो भने त्‍यो मासु ग्रहणयोग्‍य हुनेछैन, न त त्‍यो चढ़ाउनेको निम्‍ति चढ़ाइएको गनिनेछ, तर त्‍यो अशुद्ध ठहरिनेछ, र त्‍यो खाने व्‍यक्ति आफू दोषी बन्‍नेछ। “‘कुनै अशुद्ध कुराले छोएको मासु नखानू। त्‍यो आगोमा जलाइओस्‌। अरू मासुचाहिँ, जति जना शुद्ध छन्‌ तिनीहरूले त्‍यो खान सक्‍छन्‌। तर आफू अशुद्ध भएर परमप्रभुका मेलबलिको मासु कसैले खायो भने त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गरिओस्‌। कसैले मानिस वा अशुद्ध पशुको अशुद्धि वा अन्‍य कुनै घृणित कुरो छोएर परमप्रभुका मेलबलिको मासु खायो भने, त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गरिओस्‌’।” फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘तिमीहरूले साँढ़े कि भेड़ा वा बोकाको बोसो केही नखानू। आफै मरेको र कुनै जङ्गली पशुहरूले फहराएर मारेको केही बस्‍तुभाउको बोसो अरू काममा प्रयोग गरे हुन्‍छ, तर कुनै रीतिले पनि तिमीहरूले त्‍यो नखानू। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिको पशुको बोसो जुन मानिसले खाला त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गरिओस्‌। तिमीहरूले बसोबास गर्ने कुनै पनि ठाउँमा कुनै पक्षी वा पशुको रगत नखानू। रगत खाने जोसुकै भए पनि त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गर्नू’।”

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्

लेवीहरू 7:1-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दोषबलि चढाउने नियमहरू यी हुन्, यो एउटा अति पवित्र बलि हो। यस बलिमा चढाइने पशु वेदीको उत्तरपट्टि मारिनुपर्छ, जहाँ होमबलिका पशुहरू मारिन्‍छन् र त्‍यसको रगत वेदीको चारैपट्टि छर्किनुपर्छ। त्‍यसको सबै बोसो निकालेर वेदीमा चढाउनुपर्छ, बोसे-पुच्‍छर र भित्री अङ्‍गमाथिको बोसो र बोसोसहित मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग त्‍यसरी चढाइनुपर्छ। सबै बोसो पूजाहारीले वेदीमा बलि चढाओस्। त्‍यो दोषबलि हो। पूजाहारीहरूको परिवारले पुरुषले त्‍यो खाओस्, तर त्‍यो पवित्रस्‍थानमा खाइयोस् किनभने त्‍यो अति पवित्र छ। पापबलि र दोषबलि दुवैमा एउटै नियम लागू हुनेछ– मासुचाहिँ बलि चढाउने पूजाहारीकै हुनेछ। होमबलि चढाइएका पशुको छालाचाहिँ पूजाहारीकै हुनेछ। चुलामा सेकाएको वा भाँडा वा ताप्‍केमा पकाएको हरेक अन्‍नबलि परमेश्‍वरकहाँ बलि चढाउने पूजाहारीकै हो। तर नपकाएको अन्‍नबलि तेल मुछेको होस् वा सुक्‍खा, सबै हारूनवंशी पूजाहारीहरूको हो र तिनले त्‍यो बराबर बाँडून्। परमप्रभुलाई चढाएको मेलबलिको लागि यस्‍तो नियम छ। यदि उसले त्‍यो बलि परमेश्‍वरलाई धन्‍यवाद दिन चढाएको हो भने बलिको पशुसित खमिरबिनाको रोटी पनि चढाओस्। त्‍यस्‍तो रोटी जैतुनको तेल मिसाएको पिठोले बनेको बाक्‍लो रोटी र फुरौला वा जैतुनको तेल दलेको स-साना रोटी होस्। त्‍यसबाहेक खमिर हालेर पकाएको बाक्‍लो रोटी चढाओस्। हरप्रकारको रोटीको एक भाग त्‍यसले विशेष भेटीको रूपमा परमप्रभुलाई चढाओस्, त्‍यो पशुको रगत लिएर वेदीमा छर्कने पूजाहारीको हुनेछ। पशुको मासुचाहिँ बलि चढाइएको दिनमा नै खाइनुपर्छ, त्‍यसलाई भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू। यदि कोही मानिसले आफ्‍नो वाचा पूरा गर्न अथवा आफ्‍नो इच्‍छाले चढाएको भेटीको रूपमा मेलबलि चढाउँछ भने बलि चढाएकै दिनमा ती सबै खानुपर्दैन तर उब्रेको जति भोलिपल्‍ट खाए हुन्‍छ। तेस्रो दिनसम्‍म पनि उब्रेको मासुचाहिँ जलाइनुपर्नेछ। त्‍यस्‍तो मासु तेस्रो दिनमा खायो भने परमेश्‍वरले त्‍यस मानिसको भेटी ग्रहण गर्नुहुनेछैन। त्‍यस भेटीको केही मूल्‍य हुनेछैन तर त्‍यो अशुद्ध गनिनेछ र जसले त्‍यो खानेछ, उसले त्‍यसको फल भोग्‍नेछ। रीतिअनुसार कुनै अशुद्ध कुराले त्‍यो मासुलाई छोयो भने सो मासु खानुहुँदैन तर जलाइनुपर्नेछ। जो मानिस रीतिअनुसार शुद्ध छ, उसले त्‍यो मासु खान सक्‍नेछ, तर जो अशुद्ध छ, त्‍यसले खायो भने त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन। साथै मानिस वा पशुसँग सम्‍बन्‍धित रीतिअनुसार कुनै अशुद्ध कुरो छोएर कसैले त्‍यो मासु खायो भने त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन। इस्राएलीहरूको निम्‍ति परमप्रभुले मोशालाई यी नियमहरू दिनुभयो। गाई-गोरु, भेडा वा बाख्राको बोसो नखानू। आफैं मरेको वा जङ्गली जनावरले मारेको पशुको बोसो नखानू, तर त्‍यसलाई अरू काममा चलाए हुन्‍छ। जसले परमप्रभुलाई बलि चढाएको पशुको बोसो खाला, त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन। इस्राएलीहरू जहीँ बास गरे पनि तिनीहरूले पशु पंक्षीका रगत नखाऊन्। जसले यो नियम तोड्छ, त्‍यो परमेश्‍वरको जन मानिनेछैन।

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्

लेवीहरू 7:1-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“ ‘दोषबलिका नियमहरू यिनै हुन्, जो अति पवित्र छ: दोषबलिलाई होमबलि मारिएको ठाउँमा मारियोस्। अनि त्यसको रगत वेदीको चारैतिर छर्कियोस्। त्यसका सबै बोसो चढाइनुपर्छ। बोसे पुच्छर र भित्री भागलाई छोप्ने बोसो, कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नुपर्छ। पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो। पुजारीको परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर त्यसलाई पवित्रस्थानमा खाइयोस्; यो अति पवित्र छ। “ ‘दोषबलिका नियमहरू पाप शुद्धीकरण बलि समान हुन्: तिनका निम्ति एउटै व्यवस्था छ। जुन पुजारीले त्यो चढाएर प्रायश्‍चित गर्छ, त्यो त्यसैको हो। कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ। चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्‍नबलि त्यसलाई चढाउने पुजारीको हो। जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्‍नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो। “ ‘याहवेहका निम्ति चढाइने मेलबलिका नियमहरू यिनै हुन्: “ ‘यदि यसलाई धन्यवाद दिनलाई चढाएको हो भने त्यसले आफ्नो धन्यवाद बलिको साथमा अखमिरी, जैतुन तेल मिसाएर पकाइएको बाक्लो रोटी, अखमिरी, तेल दलेर बनाइएको पातलो रोटी र मसिनो पिठो राम्रो गरी मुछेर तेल मिसाएको फुरौला चढाओस्। त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर मिसाएको बाबरको रोटी भेटी चढाओस्। त्यसले हरेक किसिमका रोटी एक-एक गरी भेटीको रूपमा याहवेहका निम्ति स्वेच्छा भेटीस्वरूप ल्याओस्। यो मेलबलिको रगत छर्कने पुजारीको हो। धन्यवादको मेलबलिको मासु त्यसलाई चढाइएको दिनमै खाइयोस्। त्यसले यसको केही भाग पनि बिहानसम्म नराखोस्। “ ‘तर यदि त्यसको भेटी भाकलको अथवा स्वेच्छा-भेटी हो भने त्यो बलिदान यसलाई चढाइएकै दिन खाइयोस्। तर केही उब्रियो भने भोलिपल्ट खान सकिन्छ। तेस्रो दिनसम्म उब्रेका बलिदानको मासु जलाइयोस्। यदि कसैले मेलबलिको मासु उब्रेको तेस्रो दिनमा खायो भने त्यो ग्रहणयोग्य हुनेछैन। त्यो अशुद्ध भएकोले त्यसलाई चढाउनेले त्यो चढाएको मान्यता पाउनेछैन। यसलाई खाने व्यक्ति दोषी ठहरिनेछ। “ ‘विधिपूर्वक अशुद्ध कुरालाई छोएको मासु खान हुँदैन, त्यो जलाइयोस्। अरू मासुचाहिँ विधिपूर्वक शुद्ध भएकाहरूले खान सक्छन्। तर कुनै अशुद्ध व्यक्तिले मेलबलिबाट याहवेहको भाग खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्। यदि कसैले कुनै अशुद्ध कुरा छोयो भने चाहे त्यो मानिसको अशुद्धता अथवा अशुद्ध पशु वा कुनै घृणित कुरो होस्, त्यसले याहवेहका मेलबलिको भाग खायो भने त्यस व्यक्तिलाई समाजबाट बहिष्कार गरियोस्।’ ” याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘कुनै गाईबस्तु, भेडा अथवा बोकाको बोसो नखानू। प्राकृतिक रूपमा मरेको अथवा वन पशुहरूद्वारा मारिएको पशु भेट्टाइयो भने त्यसको बोसोलाई अरू काममा लगाउन सकिन्छ। तर तिमीहरूले चाहिँ त्यो खाँदै नखानू। जुन पशुबाट याहवेहका निम्ति अग्निबलि चढाइएको छ, त्यसको बोसो खाने व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। तिमीहरू जहाँ बसे तापनि चराचुरुङ्गी अथवा पशुको रगत नखानू। जुन व्यक्तिले रगत खान्छ, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।’ ”