YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:6-11

यूहन्‍ना 14:6-11 पवित्र बाइबल (NERV)

येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ। यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।” फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनु होस्। त्यही हामीलाई पर्याप्त हुनेछ।” येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिन भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’ के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफैं गर्नुहुन्छ। मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:6-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन। तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो उहाँलाई चिन्‍दछौ, र उहाँलाई देखेका छौ।” फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्‌। त्‍यति भए हामीलाई पुग्‍छ।” येशूले तिनलाई भन्‍नुभयो, “फिलिप, यतिको समयसम्‍म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्‍दैनौ? जसले मलाई देखेको छ, त्‍यसले पितालाई देखेको छ। तिमी कसरी भन्‍न सक्‍छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्‌?’ म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्‍दछु, त्‍यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्‍छ। मलाई विश्‍वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्‍छ। नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर।

यूहन्‍ना 14:6-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशूले भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ।” फिलिपले भने, “गुरुज्यू, हामीलाई पिता देखाइदिनुहोस्, यही नै हामीलाई पर्याप्‍त हुनेछ।” येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु, र पनि तिमीले मलाई चिनेनौ? जसले मलाई देखेको छ, उसले पितालाई पनि देखेको छ। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ? म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमीलाई विश्‍वास छैन? मैले तिमीहरूलाई भनेका यी वचनहरू मेरा आफ्नै अधिकारले भनेको होइनँ; वास्तवमा ममा हुनुहुने मेरा पिताले आफ्नो काम गर्दै हुनुहुन्छ। म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्‍वास गर; नत्रता कमसे कम मैले गरेका अचम्मका कामहरूकै कारणले मलाई विश्‍वास गर।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:6-11 पवित्र बाइबल (NERV)

येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ। यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।” फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनु होस्। त्यही हामीलाई पर्याप्त हुनेछ।” येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिन भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’ के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफैं गर्नुहुन्छ। मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:6-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्‍न सक्‍दैन। तिमीहरूले मलाई साँचो रूपमा चिनेको भए मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि तिमीहरूले मेरा पितालाई चिन्‍नेछौ किनभने तिमीहरूले उहाँलाई देखिसकेका छौ।” फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्‍यति भए हामीलाई पुग्‍छ।” येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्‍म म तिमीहरूसँगै छु र पनि तिमीले मलाई चिन्‍दैनौ? मलाई देख्‍नेले पितालाई देखिसकेको छ। मलाई देखेर पनि तिमीले मलाई किन पिता देखाइदिनुहोस् भन्‍छौ? के तिमी ‘म पितामा छु र पिता ममा हुनुहुन्‍छ’ भन्‍ने कुरालाई विश्‍वास गर्दैनौ? तिमीहरूलाई भनेका कुरा मैले आफ्‍नै तर्फबाट भनेको होइनँ। ममा हुनुहुने पिताले नै आफ्‍नो काम मबाट गर्दै हुनुहुन्‍छ। म पितामा छु र पिता ममा हुनुहुन्‍छ भन्‍ने कुरालाई विश्‍वास गर। नभए मैले गरेका काम हेरेर ममा विश्‍वास गर।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:6-11

यूहन्‍ना 14:6-11 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter