YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:6-11

यूहन्‍ना 14:6-11 सरल नेपाली

येशूले भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्‍न सक्‍दैन। तिमीहरूले मलाई साँचो रूपमा चिनेको भए मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि तिमीहरूले मेरा पितालाई चिन्‍नेछौ किनभने तिमीहरूले उहाँलाई देखिसकेका छौ।” फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्‍यति भए हामीलाई पुग्‍छ।” येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्‍म म तिमीहरूसँगै छु र पनि तिमीले मलाई चिन्‍दैनौ? मलाई देख्‍नेले पितालाई देखिसकेको छ। मलाई देखेर पनि तिमीले मलाई किन पिता देखाइदिनुहोस् भन्‍छौ? के तिमी ‘म पितामा छु र पिता ममा हुनुहुन्‍छ’ भन्‍ने कुरालाई विश्‍वास गर्दैनौ? तिमीहरूलाई भनेका कुरा मैले आफ्‍नै तर्फबाट भनेको होइनँ। ममा हुनुहुने पिताले नै आफ्‍नो काम मबाट गर्दै हुनुहुन्‍छ। म पितामा छु र पिता ममा हुनुहुन्‍छ भन्‍ने कुरालाई विश्‍वास गर। नभए मैले गरेका काम हेरेर ममा विश्‍वास गर।

यूहन्‍ना 14 पढ्नुहोस्