येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ।” फिलिपले भने, “गुरुज्यू, हामीलाई पिता देखाइदिनुहोस्, यही नै हामीलाई पर्याप्त हुनेछ।” येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु, र पनि तिमीले मलाई चिनेनौ? जसले मलाई देखेको छ, उसले पितालाई पनि देखेको छ। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ? म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमीलाई विश्वास छैन? मैले तिमीहरूलाई भनेका यी वचनहरू मेरा आफ्नै अधिकारले भनेको होइनँ; वास्तवमा ममा हुनुहुने मेरा पिताले आफ्नो काम गर्दै हुनुहुन्छ। म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्वास गर; नत्रता कमसे कम मैले गरेका अचम्मका कामहरूकै कारणले मलाई विश्वास गर।
यूहन्ना 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 14:6-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू