YouVersion लोगो
खोज आइकन

यर्मिया 32:16-25

यर्मिया 32:16-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“नेरियाहको छोरो बारूकलाई त्‍यो खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई यो प्रार्थना गरें: “हे परमप्रभु परमेश्‍वर, तपाईंले नै आफ्‍नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन। हजारौँ हजारलाई तपाईं आफ्‍नो प्रेम देखाउनुहुन्‍छ, तर पिता-पुर्खाहरूका पापको साटो उनीहरूका पछि आउने छोराछोरीहरूलाई दिनुहुन्‍छ। हे महान्‌ र शक्तिशाली परमेश्‍वर, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो, तपाईंका अभिप्राय महान्‌ र तपाईंका कामहरू शक्तिशाली छन्‌। मानिसहरूका सबै चाल तपाईंको दृष्‍टिमा छर्लङ्ग छन्, र हरेक मानिसलाई उसको चाल र कामको प्रतिफलअनुसार तपाईं इनाम दिनुहुन्‍छ। मिश्रदेशमा आश्‍चर्यचकित चिन्‍हहरू र आश्‍चर्य कामहरू तपाईंले देखाउनुभयो, अनि आजको दिनसम्‍म इस्राएलीहरू र सारा मानिस-जातिका बीचमा ती प्रकट गर्दैआउनुभएको छ र ख्‍याति प्राप्‍त गर्नुभएको छ, जो आजसम्‍म तपाईंकै छ। तपाईंले नै आफ्‍नो प्रजा इस्राएललाई मिश्रदेशबाट अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरूका साथ शक्तिशाली पसारिएको बाहुद्वारा भीषण त्रास फैलाउँदै निकालेर ल्‍याउनुभयो। तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनेर शपथ खानुभएको यो देश, जो दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो। तिनीहरू पसेर यो देश अधिकार गरे। तर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्, तपाईंको व्‍यवस्‍थाअनुसार तिनीहरू चलेनन्‌। तिनीहरूलाई गर्न भनी तपाईंले आज्ञा दिनुभएको कुरा तिनीहरूले पालन गरेनन्‌। यसैले तपाईंले यी सबै सर्वनाश तिनीहरूमाथि ल्‍याउनुभयो। “हेर्नुहोस्, यो सहर लिनलाई घेरा-मचान बनाइएको छ। तरवार, अनिकाल र रूढ़ीको कारण सहरलाई आक्रमण गर्ने बेबिलोनीहरूका हातमा त्‍यो सुम्‍पिइनेछ। तपाईंले जे भन्‍नुभएको थियो, त्‍यो पूरा भयो, जुन कुरा तपाईं देख्‍दैहुनुहुन्‍छ। अनि हे परमप्रभु परमेश्‍वर, यो सहर बेबिलोनीहरूका हातमा सुम्‍पिने भए तापनि ‘चाँदी दिएर साक्षीहरू डाकेर खेत किन्‌ र यो लेनदेन राख,’ भनी तपाईंले मलाई भन्‍नुहुन्‍छ।”

शेयर गर्नुहोस्
यर्मिया 32 पढ्नुहोस्

यर्मिया 32:16-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“मैले नेरियाहको छोरा बारूकलाई किनबेचको तमसुक दिइसकेपछि मैले याहवेहसँग प्रार्थना गरेँ: “हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन। तपाईंले हजारौँ मानिसहरूमाथि प्रेम देखाउनुहुन्छ, तर बुबाआमाको अपराधहरूका दण्ड तिनीहरूपछि तिनीहरूका सन्तानहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्‍वर, जसको नाम सेनाहरूका याहवेह हो; तपाईंका उद्देश्यहरू महान् र तपाईंका कामहरू शक्तिशाली छन्। तपाईंका आँखा सबै मानव-जातिका चालहरूमाथि खुल्‍ला रहन्छन्; तपाईंले हरेक मानिसलाई तिनीहरूका चालहरू र तिनीहरूका कामअनुसारको इनाम दिनुहुन्छ। तपाईंले इजिप्टमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्नुभयो। आजको दिनसम्म इस्राएल र सबै मानव-जाति दुवैका बीचमा ती प्रकट गरिरहनुभएको छ। अनि तपाईंले ख्याति प्राप्‍त गर्नुभएको छ, जुन आजको दिनसम्म पनि तपाईंकै हो। तपाईंले आफ्नो जाति इस्राएललाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा तपाईंको शक्तिशाली हात र बाहुबलको ठूलो त्राससहित इजिप्टबाट निकालेर ल्याउनुभयो। तपाईंले तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको यो देश, जुन दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो। इस्राएलीहरू देशभित्र आए, र देशलाई अधिकार गरे; तर तिनीहरूले तपाईं र तपाईंका आज्ञाहरू पालन गरेनन्। तपाईंले तिनीहरूलाई पालन गर्नू भनेर दिनुभएको आज्ञा तिनीहरूले पालन गरेनन्। यसैकारण तपाईंले तिनीहरूमाथि यी सबै विपत्तिहरू ल्याउनुभयो। “हेर्नुहोस्, यस सहरलाई कब्जा गर्नलाई बेबिलोनीहरूले घेरा हाल्न कसरी मोर्चा बनाएका छन्। किनकि तरवार, अनिकाल र रूढीको कारणले यो सहर बेबिलोनीहरूको हातमा सुम्पिइनेछ, जसले यस सहरमाथि आक्रमण गरिरहेका छन्। तपाईंले जे भन्‍नुभयो, त्यो पूरा भइरहेको छ, जस्तो अहिले तपाईंले देख्दैहुनुहुन्छ। अनि यो सहर यरूशलेमलाई बेबिलोनीहरूको हातमा सुम्पिने भए तापनि हे प्रभु याहवेह, तपाईंले मलाई भन्‍नुहुन्छ, ‘यस जमिनलाई चाँदीले किन र किनबेच गरिएको साक्षी राख।’ ”

शेयर गर्नुहोस्
यर्मिया 32 पढ्नुहोस्

यर्मिया 32:16-25 पवित्र बाइबल (NERV)

नेरियाहको छोरो बारूकलाई त्यो जमीनको तमसुक दिइसके पछि मैले परमप्रभुसँग प्रार्थना गरें: “हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंले विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन। हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ, तर तपाईंले पिता-पुर्खाहरूको पापको दण्ड नानीहरूलाई दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो। तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् त्यो हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ। हे परमप्रभु! तपाईंले शक्तिशाली र मिश्र भूमिमा गर्नुभयो अहिले सम्म इस्राएलमा र अन्य मानिसहरूको बीचमा आश्चर्यचकित कर्महरू गरिरहनु भएको छ। तपाईं आफैंले आज प्रसिद्ध पार्नु भएकोछ। तपाईंले आफ्नो अलौकिक शक्ति प्रयोग गरी मिश्रबाट इस्राएलका मानिसहरू ल्याउनु भयो। तपाईंले यी कुराहरू तपाईंका शक्तिशाली हात विस्तृत पाखुरा अनि कार्यहरूद्वारा यस्तो गर्नुभयो। “परमप्रभु, तपाईंले यो देश इस्राएलका मानिसहरूलाई दिनुभयो। यो त्यही देश हो जुन तपाईंले धेरै अघि तिनीहरूका पिता-पुर्खाहरूलाई सुम्पिने वचन दिनु भएको थियो। यो अति असल देश हो। यो धेरै कुराहरू भएको राम्रो देश हो। इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन् अथवा तिनीहरूले तपाईंको शिक्षा अनुशरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा सङ्कटहरू ल्याउनु भयो। “अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ। “हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन् अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अधीन पार्न तैयार भैरहेको बेला।”

शेयर गर्नुहोस्
यर्मिया 32 पढ्नुहोस्

यर्मिया 32:16-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

किन-बेचको तमसुक बारूकलाई दिएपछि मैले यसरी प्रार्थना गरें, “सार्वभौम परमप्रभु, तपाईंले आफ्‍ना महान् शक्ति र प्रतापले स्‍वर्ग र पृथ्‍वी बनाउनुभयो। केही कुरो तपाईंको निम्‍ति कठिन छैन। तपाईंले हजारौंलाई अटुट प्रेम देखाउनुभएको छ तर तपाईंले मानिसहरूलाई तिनीहरूका आमा-बुबाका पापको निम्‍ति दण्‍ड पनि दिनुहुन्‍छ। तपाईं महान् र शक्तिशाली परमेश्‍वर हुनुहुन्‍छ, तपाईं सर्वशक्तिमान् परमप्रभु हुनुहुन्‍छ। तपाईंले बुद्धिका उपायहरू रच्‍नुहुन्‍छ र पराक्रमी काम गर्नुहुन्‍छ। मानिसहरूले गरेका सबै थोक तपाईंले देख्‍नुहुन्‍छ र तिनीहरूका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहुन्‍छ। धेरै वर्षअघि तपाईंले मिश्रमा उदेक र आश्‍चर्यका कामहरू गर्नुभयो। आजसम्‍म तपाईंले इस्राएल र अरू सबै राज्‍यका बीचमा उदेकका कामहरू गरिरहनुभएको छ र अब तपाईंलाई सबै ठाउँमा चिन्‍दछन्। उदेक र आश्‍चर्यका कामद्वारा हाम्रा शत्रुहरूलाई भयभीत पार्दै तपाईंले आफ्‍ना प्रजा इस्राएललाई आफ्‍ना शक्ति र बाहुबलले मिश्रबाट निकाली ल्‍याउनुभयो। तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाअनुसार यो धनी र मलिलो भूमि तिनीहरूलाई दिनुभयो। तर जब यस देशमा आएर तिनीहरूले यसलाई आफ्‍नो अधीन गरे, तब तिनीहरूले तपाईंका आज्ञा मानेनन् अथवा तपाईंको शिक्षाअनुसार आफ्‍नो जीवन बिताएनन्। तपाईंले आज्ञा गर्नुभएको एउटै कुरो पनि तिनीहरूले गरेनन्। यसैले यी सबै विनाश तपाईंले तिनीहरूमाथि ल्‍याउनुभयो। “हेर्नुहोस्, सहर कब्‍जा गर्न बेबिलोनीहरूले त्‍यसका चारैपट्टि घेरा हालेका छन् र त्‍यसमाथि हमला गरिरहेका छन्। लडाइँ, अनिकाल र रुढीको कारण सहर तिनीहरूका हातमा पर्नेछ। तपाईंले भन्‍नुभएका सबै कुरा पूरा हुँदैआएको तपाईंले देख्‍दै हुनुहुन्‍छ। तापनि हे सार्वभौम परमप्रभु, यो सहर शत्रुका हातमा जाने बेलामा नै तपाईंले मलाई साक्षीहरूको सामुन्‍ने त्‍यो खेत किन्‍ने आज्ञा दिनुभयो।”

शेयर गर्नुहोस्
यर्मिया 32 पढ्नुहोस्