नेरियाहको छोरो बारूकलाई त्यो जमीनको तमसुक दिइसके पछि मैले परमप्रभुसँग प्रार्थना गरें: “हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंले विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन। हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ, तर तपाईंले पिता-पुर्खाहरूको पापको दण्ड नानीहरूलाई दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो। तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् त्यो हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ। हे परमप्रभु! तपाईंले शक्तिशाली र मिश्र भूमिमा गर्नुभयो अहिले सम्म इस्राएलमा र अन्य मानिसहरूको बीचमा आश्चर्यचकित कर्महरू गरिरहनु भएको छ। तपाईं आफैंले आज प्रसिद्ध पार्नु भएकोछ। तपाईंले आफ्नो अलौकिक शक्ति प्रयोग गरी मिश्रबाट इस्राएलका मानिसहरू ल्याउनु भयो। तपाईंले यी कुराहरू तपाईंका शक्तिशाली हात विस्तृत पाखुरा अनि कार्यहरूद्वारा यस्तो गर्नुभयो। “परमप्रभु, तपाईंले यो देश इस्राएलका मानिसहरूलाई दिनुभयो। यो त्यही देश हो जुन तपाईंले धेरै अघि तिनीहरूका पिता-पुर्खाहरूलाई सुम्पिने वचन दिनु भएको थियो। यो अति असल देश हो। यो धेरै कुराहरू भएको राम्रो देश हो। इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन् अथवा तिनीहरूले तपाईंको शिक्षा अनुशरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा सङ्कटहरू ल्याउनु भयो। “अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ। “हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन् अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अधीन पार्न तैयार भैरहेको बेला।”
यर्मियाको पुस्तक 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मियाको पुस्तक 32:16-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू