YouVersion लोगो
खोज आइकन

हिब्रू 9:1-14

हिब्रू 9:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्‍थान पनि थिए। एउटा पवित्र वासस्‍थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए। यसलाई पवित्रस्‍थान भनिन्‍थ्‍यो। दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्‍थान भनिने कोठा थियो, जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्‍दूक थियो। सन्‍दूकभित्र मन्‍न राखेको सुनको भाँड़ो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए। सन्‍दूकमाथि कृपा-आसनमा छाया पारिराख्‍ने ईश्‍वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी बिस्‍तारपूर्वक भन्‍न सक्‍दैनौं। अब यी कुराहरूको प्रबन्‍ध गरिसकेपछि पूजाहारीहरू आफ्‍ना विधि र कर्तव्‍य पालन गर्दै निरन्‍तर बाहिरपट्टिको पवित्रस्‍थानभित्र प्रवेश गर्थे। तर भित्रपट्टिको कोठामा भने प्रधान पूजाहारी मात्रै एकलै वर्षमा एक चोटि जान्‍छन्, सो पनि रगत नलगी होइन। त्‍यो रगत उनले आफ्‍नो निम्‍ति र मानिसहरूका पापको निम्‍ति चढ़ाउँछन्‌। यसैबाट पवित्र आत्‍मा देखाउनुहुन्‍छ, कि जबसम्‍म बाहिरपट्टिको पवित्रस्‍थान रहिरहन्‍छ, तबसम्‍म महापवित्रस्‍थानभित्र जाने बाटो खुल्‍नेछैन। यो त अहिले वर्तमान समयको निम्‍ति एक दृष्‍टान्‍त हो। यसले यही देखाउँछ, कि चढ़ाएका भेटी र बलिहरूले आराधकको विवेकलाई शुद्ध तुल्‍याउन सक्‍दैनन्‌। ती केवल खाने, पिउने र विभिन्‍न विधिका स्‍नानहरू मात्र हुन्, अर्थात्‌ शारीरिक धर्म-विधिहरू हुन्, जुनहरू सुधारको समय नआउञ्‍जेल स्‍थापना गरिएका थिए। जब ख्रीष्‍ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान्‌ र सिद्ध पवित्र वासस्‍थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात्‌ यस सृष्‍टिको अङ्ग होइन। बोका र बाछाहरूको रगतले होइन, तर आफ्‍नै रगतद्वारा अनन्‍त उद्धार प्राप्‍त गरिदिएर सधैँको निम्‍ति एकै पल्‍ट महापवित्र स्‍थानभित्र उहाँ प्रवेश गर्नुभयो। बोका र साँढ़ेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्‍छ भने, ख्रीष्‍टको रगतले त झन्‌ कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्‍वरको सेवा गर्न सक। किनकि उहाँले अनन्‍त आत्‍माद्वारा आफैलाई निष्‍खोट बलिको रूपमा परमेश्‍वरलाई अर्पण गर्नुभयो।

शेयर गर्नुहोस्
हिब्रू 9 पढ्नुहोस्

हिब्रू 9:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब परमेश्‍वरले इस्राएलीहरूसँग बाँध्नुभएको पहिलो करारमा आराधनाको नियम र आराधना गर्ने सांसारिक पवित्रस्थान पनि थियो। यसरी वासस्थान तयार भयो। वासस्थानको पहिलो भागमा (पहिलो पर्दाको पछाडि) सामदान थियो, र पवित्र रोटी राखिएको टेबुल थियो; जसलाई पवित्रस्थान भनिन्थ्यो। दोस्रो पर्दाको पछाडि अर्को भाग थियो; जसलाई महा-पवित्रस्थान भनिन्थ्यो, जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दुक थियो। यस सन्दुकमा मन्‍न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिलापाटीहरू थिए। सन्दुकमाथि पाप क्षमाको ठाउँको ढकनीमा छाया पारिरहेका महिमाका करूबहरू थिए, तर हामी यी कुराहरू अहिले विस्तारपूर्वक व्याख्या गर्न सक्दैनौँ। यसरी यी सबै थोक मिलाइएपछि पुजारीहरू आफ्ना सेवा गर्नलाई नियमित रूपले पवित्रस्थानको पहिलो भागमा प्रवेश गर्दथे। तर दोस्रो भागमा चाहिँ प्रधान पुजारी मात्र वर्षमा एक पल्ट प्रवेश गर्दथे, रगतविना कहिल्यै पनि होइन, जुन रगतचाहिँ तिनले आफ्नै लागि र मानिसहरूले अज्ञानतामा गरेका पापहरूको निम्ति चढाउनलाई जान्थे। यसबाट पवित्र आत्माले यो देखाइरहनुभएको थियो, कि पहिलो वासस्थान अस्तित्वमा रहुन्जेल महा-पवित्रस्थानमा जाने बाटो देखाइएको थिएन। अहिलेको समयको लागि यो एउटा दृष्‍टान्त हो, जसले यो सङ्केत गर्दछ, कि चढाइएका भेटी र बलिदानहरूले आराधना गर्नेको विवेकलाई शुद्ध गर्न सकेनन्। ती नयाँ सुधारको समय नआएसम्म खानेकुरा र पिउने कुरा हुन्, र विभिन्‍न विधिका शुद्धीकरणका बाहिरी नियम मात्र हुन्। यहाँ पहिलेदेखि नै स्थापना भएका असल व्यवस्थाहरूको प्रधान पुजारीको रूपमा जब ख्रीष्‍ट आउनुभयो, तब उहाँ अझ महान् र सिद्ध वासस्थानद्वारा जानुभयो, जुनचाहिँ मानिसले बनाएको होइन, अर्थात् जुन वासस्थान यो सृष्‍टिको भाग होइन। उहाँ बोका र बाछाहरूको रगत लिएर प्रवेश गर्नुभएन, तर आफ्नै रगत लिएर सधैँको लागि एकै पल्ट महा-पवित्रस्थानमा प्रवेश गर्नुभयो, र हाम्रो लागि अनन्त उद्धार प्राप्‍त गर्नुभयो। बोका, साँढेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमा छर्किंदा तिनीहरू बाहिरी रूपमा शुद्ध हुन्छन् भने, झन् आफूलाई परमेश्‍वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्‍टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला! ताकि हामीले जीवित परमेश्‍वरको सेवा गर्न सकौँ।

शेयर गर्नुहोस्
हिब्रू 9 पढ्नुहोस्

हिब्रू 9:1-14 पवित्र बाइबल (NERV)

अघिल्लो करारमा आराधनाको तरिकाहरू छन्। अनि आराधनाको लागि मानिसले बनाएको ठाउँ थियो। त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढ़ाउनलाई टेबल हुन्थे। दोस्रो पर्दा पछिल्तिर, दोस्रो कोठा हुन्थ्यो जसलाई महा-पबित्रस्थान भनिन्थ्यो। त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए। बाकसको मास्तिर करूणाको आसनमाथि परमेश्वरको महिमा दर्शाउन एक जोडी स्वर्गदूतहरू थिए। तर अहिले हामी यी कुराहरूको विस्तारपूर्वक चर्चा गर्न सक्दैनौं। यस प्रकारले पाल मिलाइएको हुन्थ्यो। तब प्रतिदिन पूजाहारीहरू आराधनाकोलागि बाहिर पट्टिको पवित्र स्थान भित्र पस्थे। तर भित्रपट्टिको दोस्रो कक्षमा प्रधान पूजाहारी मात्र पस्न पाउँथे, त्यो पनि वर्षमा एकपल्ट, अनि त्यसबेला पनि आफूसित रगत नलिई उनी पस्नु सक्दैन थिए। उनले त्यो रगत परमेश्वरलाई उनको आफ्नै र अरू मानिसहरूका अन्जानमा भएका पापहरूको लागि चढाउँथे, पवित्र आत्माले ती दुइ अलग-अलग कक्ष हामीलाई यो सिकाउन प्रयोग गर्नुहुन्थ्यो कि जतिन्जेल त्यहाँ थियो हाम्रा निम्ति महा-पवित्र स्थान खुल्ला हुँदैन थियो। आज यो हामीलाई एउटा उदाहरण भएको छ। यसले स्पष्ट गर्छ कि परमेश्वरलाई चढ़ाएको बलि र भेटीले आराधना गर्ने स्वच्छ बनाउन सक्दैन थियो। यो बलिहरूले आराधना गर्नेलाई हृदयामा पूर्ण पार्दैन थियो। ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउन्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए। प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन। ख्रीष्ट महा-पवित्र स्थानमा सधैँको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुट्करा दिलाउनु भयो। अशुद्ध मानिसहरूलाई बाख्राको र बहरको रगत अनि कोरलीको खरानी छर्केर शुद्ध पारिन्थ्यो। तर रगत र खरानीले मानिस शारिरिक रूपले मात्र शुद्ध हुन्थ्यो। यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैंलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।

शेयर गर्नुहोस्
हिब्रू 9 पढ्नुहोस्

हिब्रू 9:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पहिलेको करारमा परमेश्‍वरको भक्ति गर्ने बारेमा नियमहरू राखिएका थिए। मानिसहरूले नै बनाएको भक्ति गर्ने एउटा पवित्र स्थान पनि थियो। एउटा पवित्र पाल बनाइएको थियो र त्‍यसको बाहिरपट्टिको भागलाई पवित्र स्थान भनिन्‍थ्‍यो। यसमा चाहिँ बत्ती, टेबिल र परमेश्‍वरलाई चढाइएका रोटीहरू राखिएका थिए। दोस्रो पर्दाको पछाडिपट्टिको ठाउँलाई महापवित्र स्थान भनिन्‍थ्‍यो। यसमा धूप बाल्‍ने सुनको वेदी राखिएको थियो। सुनले नै मोहोरेको करारको सन्‍दुक पनि थियो। त्‍यस सन्‍दुकमा सुनको भाँडामा मन्‍न राखिएको थियो। कोपिला लागेको हारूनको एउटा लौरो र परमेश्‍वरका करारका आज्ञाहरू लेखिएका दुई ओटा ढुङ्गाका पाटीहरू पनि यसैमा थिए। परमेश्‍वर नै त्‍यहाँ हुनुहुन्‍छ भनेर देखाउन त्‍यस सन्‍दुकमाथि चहकिला स्‍वर्गदूतहरूका पखेटाहरू पाप क्षमा गर्ने ठाउँमाथि फैलिएका थिए। तर अहिलेचाहिँ ती सबै कुरा एक-एक गरेर बताउन सकिंदैन। यसरी सबै कुरा मिलाइएका थिए। बाहिरपट्टिको पवित्र स्थानमा चाहिँ पूजाहारीहरू दिनदिनै पूजा गर्न जाने गर्छन्। भित्रपट्टिको महापवित्र स्थानमा चाहिँ प्रधान पूजाहारी मात्र जान पाउँछन्, त्‍यो पनि वर्षमा एक पटक मात्र। उनले रगत नलिईकन त्‍यो महापवित्र स्थानमा पस्‍न पाउँदैनन्। उनले त्‍यो रगत आफूले गरेको पापको लागि र मानिसहरूले नजानी गरेका पापको लागि चढाउने गर्छन्। पवित्र पालको बाहिरको पवित्र स्थान नहटाएसम्‍म भित्रपट्टिको महापवित्र स्थान खुल्‍ला हुन सक्‍नेछैन भनेर पवित्र आत्‍माले यी सबै कुराहरूबाट सिकाउनुहुन्‍छ। यो त अहिलेको समयलाई देखाउने नमुना मात्र हो। परमेश्‍वरलाई चढाएका भेटी र बलिले भेटी चढाउने मान्‍छेको हृदय चोखो बनाउन सक्‍दैन भनी यसले बुझाउँछ। तिनीहरू खानपान गर्ने र धेरै किसिमका चोखिने दस्‍तुर मात्र हुन्। परमेश्‍वरबाट एउटा नयाँ व्‍यवस्‍था नआउनञ्‍जेल चलाइने यी बाहिरी दस्‍तुर मात्र हुन्। तर ख्रीष्‍ट त यहाँ भएका सबै असल कुराहरूका प्रधान पूजाहारी भएर आइसक्‍नुभएको छ। उहाँ झन् ठूलो र सिद्ध मन्‍दिरमा पूजाहारी हुनुहुन्‍छ। यो मानिसले बनाएको मन्‍दिर होइन र सृष्‍टि गरिएको यस संसारको कुरो पनि होइन। उहाँ सोझै यस मन्‍दिरको महापवित्र ठाउँमा सधैँको निम्‍ति एकैपल्‍ट पस्‍नुभयो। उहाँले बोका र साँढेको बलि चढाएको रगत लिएर पस्‍नुभएन। तर आफ्‍नै बलि चढाएको रगत लिएर पस्‍नुभयो र हामीलाई सधैँभरि रहने मुक्ति दिनुभयो। बोका वा साँढेको रगत र होमेको कोरेली बाछोको खरानी अशुद्ध मानिसहरूमाथि छर्केर तिनीहरूलाई बाहिरी रूपले शुद्ध पारिन्‍छ। तर ख्रीष्‍टको रगतमा हामीलाई शुद्ध तुल्‍याउने अझ ठूलो शक्ति छ। सधैँभरि रहिरहनुहुने परमेश्‍वरका आत्‍माद्वारा उहाँले सिद्ध बलि भएर आफैंलाई परमेश्‍वरकहाँ चढाउनुभयो। त्‍यसो हो भने हामीले जीवित परमेश्‍वरको सेवा गर्न सकौं भनी व्‍यर्थैका विधिबाट हाम्रा विवेकलाई ख्रीष्‍टको रगतले झन् कति ज्‍यादा गरी शुद्ध पार्न सक्‍छ।

शेयर गर्नुहोस्
हिब्रू 9 पढ्नुहोस्