YouVersion लोगो
खोज आइकन

हिब्रू 6:13-20

हिब्रू 6:13-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्‍दा अझ ठूला अरू कुनै नभएकाले आफ्‍नै नाउँमा यसो भनेर शपथ खानुभयो, “म निश्‍चय तँलाई आशिष्‌ दिनेछु, र तेरो वृद्धि गर्नेछु।” र यसरी धैर्य धारण गरेर अब्राहामले प्रतिज्ञा प्राप्‍त गरे। मानिसहरू आफूभन्‍दा ठूलाको नाउँमा शपथ खान्‍छन्, र तिनीहरूको हरेक वाद-विवाद शपथबाटै पक्‍का गरिन्‍छ। परमेश्‍वरले आफ्‍नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्‍ने उहाँको अभिप्राय पक्‍का गरी देखाउन चाहनुभयो। उहाँले शपथ खाएर नै त्‍यो निश्‍चय गरिदिनुभयो। बदली हुन नसक्‍ने यी दुई कुराहरूमा परमेश्‍वर असत्‍य ठहरिनु असम्‍भव छ। यसैकारण हामी शरण लिनेहरूले हाम्रा सामु राखिदिएको आशा प्राप्‍त गर्ने ठूलो हौसला पाएका छौं। हाम्रा आत्‍माको निम्‍ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्रस्‍थानमा प्रवेश गर्दछ, जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्‍कीसेदेकको दर्जाअनुसार येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ।

शेयर गर्नुहोस्
हिब्रू 6 पढ्नुहोस्

हिब्रू 6:13-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब परमेश्‍वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो, तब शपथ खानलाई अरू कुनै ठूलो नाम नभएकोले उहाँले आफ्नै नाममा शपथ खाएर यसो भन्‍नुभयो, “म निश्‍चय तँलाई आशिष् दिएर धेरै सन्तान दिनेछु।” अनि यसरी धैर्यसाथ प्रतीक्षा गरेपश्‍चात् अब्राहामले प्रतिज्ञा गरिएको थोक प्राप्‍त गरे। मानिसहरूले आफूभन्दा ठूलाहरूको नाममा शपथ खान्छन्; अनि भनिएको कुरा पक्‍का हुन्छ र त्यहाँ कुनै तर्क गरिँदैन। किनकि परमेश्‍वरले प्रतिज्ञाका हकदारहरूसित उहाँको बदली नहुने उद्देश्य स्पष्‍ट गर्न चाहनुभएकोले उहाँले यसलाई शपथद्वारा नै पक्‍का गर्नुभयो। परमेश्‍वरले दिनुभएका यी दुई कुरा उहाँको प्रतिज्ञा र शपथ, जुन बदली हुन सक्दैन; किनकि परमेश्‍वरलाई झूट बोल्नु असम्भव छ। परमेश्‍वरले यसो गर्नुभयो, ताकि हामीलाई हाम्रो सामु राखिएको आशालाई दह्रो गरी पक्रिराख्न धेरै उत्साह मिलोस्। यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ; किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदासर्वदाको लागि प्रधान पुजारी हुनुभएको छ।

हिब्रू 6:13-20 पवित्र बाइबल (NERV)

परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ। परमेश्वरले भन्नुभयो, “म तिमीलाई निश्चितरूपले आशीर्वाद दिदँछु। म तिमीलाई धेरै सन्तान दिनेछु।” यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए। शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँच्चो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ। जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाणित गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझुन् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सक्नु हुन्न, अनि जब उहाँले कुनै शपथ लिनुहुन्छ उहाँले पुरा गर्नु हुन्छ। यी दुइ कुराहरू बद्लिन सक्दैनन्। अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौं। हाम्रो आशा एउटा लङ्गूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मन्दिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ। येशू अघिबाटै त्यस ठाउँमा पसिसक्नुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।

शेयर गर्नुहोस्
हिब्रू 6 पढ्नुहोस्

हिब्रू 6:13-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले अब्राहामसँग प्रतिज्ञा गर्नुहुँदा आफूभन्दा ठूलो कोही नभएकोले उहाँले आफ्‍नै नाउँ लिएर शपथ खानुभयो। उहाँले भन्‍नुभयो, “म तिमीलाई साँच्‍चै आशिष् दिनेछु, तिम्रा सन्‍तानहरू धेरै-धेरै बनाइदिनेछु।” अब्राहामले धीरज गरेर पर्खे अनि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको आशिष् पाए। कुनै मानिसले शपथ खाँदा भनेको कुरा पक्‍का होस् भनी आफूभन्दा ठूलाको नाउँमा शपथ खान्‍छन् र शपथले वाद-विवाद मिलाउँछ। परमेश्‍वरको प्रतिज्ञा पाउनेहरूलाई आफूले गरेको प्रतिज्ञा निश्‍चित छ भनी देखाउन उहाँले शपथ पनि खानुभयो। अब दुई कुरा छन्, जो फेरिँदैनन् र यस विषयमा परमेश्‍वरले ढाँट्‍नुहुन्‍न। यसकारण उहाँकहाँ सुरक्षा लिन जाने हामीहरूको अघि राखिएको आशालाई दिगो भएर समातिरहन हामीले ठूलो उत्‍साह पाउँछौं। यही आशामाथि हाम्रो जीवन अडिएको छ। यो साँचो र पक्‍का छ। यो स्‍वर्गीय मन्‍दिरको पर्दादेखि महापवित्र स्थानसम्‍म जान्‍छ। हाम्रो लागि येशू हामीभन्दा अघि नै त्‍यस ठाउँमा गएर बसिसक्‍नुभएको छ। मल्‍कीसेदेक पूजाहारीजस्‍तै उहाँ सधैँको लागि प्रधान पूजाहारी हुनुभएको छ।

शेयर गर्नुहोस्
हिब्रू 6 पढ्नुहोस्