YouVersion लोगो
खोज आइकन

हिब्रू 6:13-20

हिब्रू 6:13-20 सरल नेपाली

परमेश्‍वरले अब्राहामसँग प्रतिज्ञा गर्नुहुँदा आफूभन्दा ठूलो कोही नभएकोले उहाँले आफ्‍नै नाउँ लिएर शपथ खानुभयो। उहाँले भन्‍नुभयो, “म तिमीलाई साँच्‍चै आशिष् दिनेछु, तिम्रा सन्‍तानहरू धेरै-धेरै बनाइदिनेछु।” अब्राहामले धीरज गरेर पर्खे अनि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको आशिष् पाए। कुनै मानिसले शपथ खाँदा भनेको कुरा पक्‍का होस् भनी आफूभन्दा ठूलाको नाउँमा शपथ खान्‍छन् र शपथले वाद-विवाद मिलाउँछ। परमेश्‍वरको प्रतिज्ञा पाउनेहरूलाई आफूले गरेको प्रतिज्ञा निश्‍चित छ भनी देखाउन उहाँले शपथ पनि खानुभयो। अब दुई कुरा छन्, जो फेरिँदैनन् र यस विषयमा परमेश्‍वरले ढाँट्‍नुहुन्‍न। यसकारण उहाँकहाँ सुरक्षा लिन जाने हामीहरूको अघि राखिएको आशालाई दिगो भएर समातिरहन हामीले ठूलो उत्‍साह पाउँछौं। यही आशामाथि हाम्रो जीवन अडिएको छ। यो साँचो र पक्‍का छ। यो स्‍वर्गीय मन्‍दिरको पर्दादेखि महापवित्र स्थानसम्‍म जान्‍छ। हाम्रो लागि येशू हामीभन्दा अघि नै त्‍यस ठाउँमा गएर बसिसक्‍नुभएको छ। मल्‍कीसेदेक पूजाहारीजस्‍तै उहाँ सधैँको लागि प्रधान पूजाहारी हुनुभएको छ।

हिब्रू 6 पढ्नुहोस्