जब परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो, तब शपथ खानलाई अरू कुनै ठूलो नाम नभएकोले उहाँले आफ्नै नाममा शपथ खाएर यसो भन्नुभयो, “म निश्चय तँलाई आशिष् दिएर धेरै सन्तान दिनेछु।” अनि यसरी धैर्यसाथ प्रतीक्षा गरेपश्चात् अब्राहामले प्रतिज्ञा गरिएको थोक प्राप्त गरे। मानिसहरूले आफूभन्दा ठूलाहरूको नाममा शपथ खान्छन्; अनि भनिएको कुरा पक्का हुन्छ र त्यहाँ कुनै तर्क गरिँदैन। किनकि परमेश्वरले प्रतिज्ञाका हकदारहरूसित उहाँको बदली नहुने उद्देश्य स्पष्ट गर्न चाहनुभएकोले उहाँले यसलाई शपथद्वारा नै पक्का गर्नुभयो। परमेश्वरले दिनुभएका यी दुई कुरा उहाँको प्रतिज्ञा र शपथ, जुन बदली हुन सक्दैन; किनकि परमेश्वरलाई झूट बोल्नु असम्भव छ। परमेश्वरले यसो गर्नुभयो, ताकि हामीलाई हाम्रो सामु राखिएको आशालाई दह्रो गरी पक्रिराख्न धेरै उत्साह मिलोस्। यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ; किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदासर्वदाको लागि प्रधान पुजारी हुनुभएको छ।
हिब्रूहरू 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरू 6:13-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू