परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्दा अझ ठूला अरू कुनै नभएकाले आफ्नै नाउँमा यसो भनेर शपथ खानुभयो, “म निश्चय तँलाई आशिष् दिनेछु, र तेरो वृद्धि गर्नेछु।” र यसरी धैर्य धारण गरेर अब्राहामले प्रतिज्ञा प्राप्त गरे। मानिसहरू आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन्, र तिनीहरूको हरेक वाद-विवाद शपथबाटै पक्का गरिन्छ। परमेश्वरले आफ्नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्ने उहाँको अभिप्राय पक्का गरी देखाउन चाहनुभयो। उहाँले शपथ खाएर नै त्यो निश्चय गरिदिनुभयो। बदली हुन नसक्ने यी दुई कुराहरूमा परमेश्वर असत्य ठहरिनु असम्भव छ। यसैकारण हामी शरण लिनेहरूले हाम्रा सामु राखिदिएको आशा प्राप्त गर्ने ठूलो हौसला पाएका छौं। हाम्रा आत्माको निम्ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्कीसेदेकको दर्जाअनुसार येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ।
हिब्रू 6 पढ्नुहोस्
सुन्नुहोस् हिब्रू 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 6:13-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू