YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 4:17-26

उत्‍पत्ति 4:17-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

आफ्नी पत्नीसित कयिनको सहवास भयो; अनि तिनी गर्भवती भएर हनोकलाई जन्माइन्। तब कयिनले एउटा सहर बनायो, र त्यस सहरको नाम आफ्नो छोराको नामअनुसार हनोक राख्यो। हनोकबाट इरादको जन्म भयो, र इरादचाहिँ महूयाएलका पिता भए, र महूयाएलचाहिँ मतूशाएलका पिता भए, र मतूशाएलचाहिँ लेमेकका पिता भए। लेमेकले दुईटी स्त्रीहरूसित विवाह गरे; एउटीको नाम आदा र अर्कीको नाम सिल्‍ला थियो। आदाले याबाललाई जन्माइन्; जोचाहिँ पालहरूमा बस्‍नेहरू र पशुपालन गर्नेहरूका पुर्खा थिए। तिनको भाइको नाम यूबाल थियो; जोचाहिँ वीणा र बाँसुरी बजाउनेहरूका पुर्खा थिए। सिल्‍लाको पनि एउटा तूबल-कयिन नामको छोरा भयो, जसले काँसो र फलामका सबै किसिमका औजार बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिईन्। लेमेकले आफ्ना पत्नीहरूलाई भने, “आदा र सिल्‍ला, मेरो कुरा सुन; लेमेककी पत्नी हो, मेरा वचनहरू सुन! मलाई घाइते बनाउने मानिसलाई मैले मारेको छु, मलाई चोट पुर्‍याउने जवान मानिसलाई मैले मारेको छु। यदि कयिनको साटो सात गुणा हो भने लेमेकको चाहिँ सतहत्तर गुणा हुनेछ।” आदमको आफ्नी पत्नीसित फेरि सहवास भयो; अनि तिनले अर्को छोरो जन्माइन्, र त्यसको नाम यसो भन्दै शेत राखिन्, “कयिनले हाबिललाई मारेपछि परमेश्‍वरले मलाई त्यसको सट्टामा अर्को छोरो दिनुभयो।” शेतको पनि एउटा छोरा भयो; अनि तिनले त्यसको नाम एनोश राखे। त्यस बेलादेखि मानिसहरूले याहवेहको नाममा आराधना गर्न थाले।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्

उत्‍पत्ति 4:17-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍नी पत्‍नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्‍माइन्‌। कयिनले एउटा सहर बनाएर आफ्‍नो छोराकै नाउँमा त्‍यस सहरको नाउँ पनि हनोक राखे। हनोकबाट ईरादको जन्‍म भयो। ईरादबाट महूयाएलको जन्‍म भयो। महूयाएलबाट मतूशाएलको जन्‍म भयो। मतूशाएलबाट लेमेखको जन्‍म भयो। लेमेखले दुई जना पत्‍नी ल्‍याए। एउटीको नाउँ आदा र अर्कीको सिल्‍ला थियो। आदाले याबाललाई जन्‍माइन्‌। उनी पालमा बस्‍नेहरू र पशु पाल्‍नेहरूका पुर्खा थिए। उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌। लेमेखले आफ्‍ना पत्‍नीहरूलाई भने, “ए आदा र सिल्‍ला, मेरा कुरा सुन, ए लेमेखका पत्‍नी हो, मैले भनेका कुरामा ध्‍यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई। यदि कयिनको बदला सात गुणा लिइन्‍छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।” फेरि आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्‍माइन्‌ र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्‍वरले एक जना अर्को बालक मलाई दिनुभयो।” शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो। त्‍यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्

उत्‍पत्ति 4:17-26 पवित्र बाइबल (NERV)

कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो। हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो। लेमेकले दुइवटी स्त्रीहरूसित विवाह गर्यो, तिनीहरूको नाउँ आदा र सिल्ला थियो। आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरू पाल्नेहरूको पुर्खा थिए। याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरू बनाउँथ्यो। तूबल कयिनका बहिनीको नाउँ नामा थियो। लेमेकले आफ्ना पत्नीहरूलाई भने, “हे आदा र सिल्ला! लेमेकका पत्नीहरू हो, म के भन्छु, सुन। मलाई चोट पुर्याउने मानिसलाई मैले मारें, त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें। यदि कयिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने, लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ!” आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।” सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरूले परमप्रभुलाई विश्वास गर्न थाले।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्

उत्‍पत्ति 4:17-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

कयिन र उनकी स्‍वास्‍नीको एउटा छोरो भयो र उनीहरूले त्‍यसको नाम हनोक राखे। त्‍यसपछि कयिनले एउटा सहर बसाले र त्‍यसको नाम आफ्‍नो छोराको नाममा ‘हनोक’ राखे। हनोकको एउटा छोरो भयो, जसको नाम ईराद थियो अनि यी महूयाएलको बुबा भए। महूयाएलका एउटा मतूशाएल नाम गरेको छोरा भए, जो लेमेखका बुबा भए। लेमेखका आदा र सिल्‍ला नाम गरेका दुईवटा स्‍वास्‍नीहरू थिए। आदाले याबाललाई जन्‍माइन्‌। याबाल पशु पाल्‍नेहरू र पालमा बस्‍नेहरूका पुर्खा भए। उसको भाइ यूबालचाहिँ सबै बाँसुरी र वीणा बजाउनेहरूका पुर्खा भए। सिल्‍लाले तूबलकयिनलाई जन्‍माइन्‌, उनले सबै थरीका काँसा र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनका बहिनी नामा थिइन्‌। लेमेखले आफ्‍ना स्‍वास्‍नीहरूलाई भने, “ए आदा र सिल्‍ला! मेरो कुरा सुन्, मैले एक जना युवकलाई मारेको छु किनभने त्‍यसले मलाई चोट लाएको थियो। यदि कयिन मारिंदा त्‍यसका सट्टामा सात गुणा बदला लिइन्‍छ, कसैले मलाई मार्‍यो भने त्‍यसको सट्टामा सतहत्तर गुणा बदला लिइनेछ।” आदम र तिनकी स्‍वास्‍नीको अर्को एउटा छोरो भयो। हव्‍वाले भनिन्‌, “परमेश्‍वरले मलाई कयिनले मारेको हाबिलका सट्टामा अर्को छोरा दिनुभयो।” आदमले त्‍यसको नाम शेत राखे। शेतको एउटा छोरो भयो, त्‍यसको नाम एनोश राखे। त्‍यस समयदेखि मानिसहरूले परमप्रभुलाई पुज्‍दा उहाँको पवित्र नाउँ पुकार्न थाले।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्