YouVersion लोगो
खोज आइकन

उत्पत्तिको पुस्तक 4:17-26

उत्पत्तिको पुस्तक 4:17-26 NERV

कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो। हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो। लेमेकले दुइवटी स्त्रीहरूसित विवाह गर्यो, तिनीहरूको नाउँ आदा र सिल्ला थियो। आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरू पाल्नेहरूको पुर्खा थिए। याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरू बनाउँथ्यो। तूबल कयिनका बहिनीको नाउँ नामा थियो। लेमेकले आफ्ना पत्नीहरूलाई भने, “हे आदा र सिल्ला! लेमेकका पत्नीहरू हो, म के भन्छु, सुन। मलाई चोट पुर्याउने मानिसलाई मैले मारें, त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें। यदि कयिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने, लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ!” आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।” सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरूले परमप्रभुलाई विश्वास गर्न थाले।