आफ्नी पत्नीसित कयिनको सहवास भयो; अनि तिनी गर्भवती भएर हनोकलाई जन्माइन्। तब कयिनले एउटा सहर बनायो, र त्यस सहरको नाम आफ्नो छोराको नामअनुसार हनोक राख्यो। हनोकबाट इरादको जन्म भयो, र इरादचाहिँ महूयाएलका पिता भए, र महूयाएलचाहिँ मतूशाएलका पिता भए, र मतूशाएलचाहिँ लेमेकका पिता भए। लेमेकले दुईटी स्त्रीहरूसित विवाह गरे; एउटीको नाम आदा र अर्कीको नाम सिल्ला थियो। आदाले याबाललाई जन्माइन्; जोचाहिँ पालहरूमा बस्नेहरू र पशुपालन गर्नेहरूका पुर्खा थिए। तिनको भाइको नाम यूबाल थियो; जोचाहिँ वीणा र बाँसुरी बजाउनेहरूका पुर्खा थिए। सिल्लाको पनि एउटा तूबल-कयिन नामको छोरा भयो, जसले काँसो र फलामका सबै किसिमका औजार बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिईन्। लेमेकले आफ्ना पत्नीहरूलाई भने, “आदा र सिल्ला, मेरो कुरा सुन; लेमेककी पत्नी हो, मेरा वचनहरू सुन! मलाई घाइते बनाउने मानिसलाई मैले मारेको छु, मलाई चोट पुर्याउने जवान मानिसलाई मैले मारेको छु। यदि कयिनको साटो सात गुणा हो भने लेमेकको चाहिँ सतहत्तर गुणा हुनेछ।” आदमको आफ्नी पत्नीसित फेरि सहवास भयो; अनि तिनले अर्को छोरो जन्माइन्, र त्यसको नाम यसो भन्दै शेत राखिन्, “कयिनले हाबिललाई मारेपछि परमेश्वरले मलाई त्यसको सट्टामा अर्को छोरो दिनुभयो।” शेतको पनि एउटा छोरा भयो; अनि तिनले त्यसको नाम एनोश राखे। त्यस बेलादेखि मानिसहरूले याहवेहको नाममा आराधना गर्न थाले।
उत्पत्ति 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 4:17-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू