इजकिएल 47:6-12
इजकिएल 47:6-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले मलाई सोधे, “ए मानिसको छोरो, के तँ यो देख्दैछस्?” तब तिनले मलाई फेरि त्यस नदीको किनारमा लगे। जब म त्यहाँ आइपुगें, तब मैले नदीका दुवैतिर धेरै रूखहरू देखें। तिनले मलाई भने, “यो पानी पूर्वको इलाकातिर बग्छ, र त्यहाँदेखि तल अराबामा जान्छ, जहाँ त्यो खारा समुद्रमा पस्छ। जब त्यो खारा समुद्रमा रित्तिन्छ, तब त्यहाँको पानी ताजा बनिन्छ। त्यो नदी बगेको ठाउँमा थुप्रै जीवित प्राणीहरू बस्नेछन्। त्यहाँ अनगन्ती माछा हुनेछन्, किनभने त्यो पानी त्यहाँ बग्छ र नुनिलो पानीलाई ताजा बनाइदिन्छ। यसैले जहाँ त्यो नदी बग्छ, त्यहाँ जेसुकै पनि बाँच्नेछ। त्यसका किनारै किनार जालहारीहरू उभिनेछन्। एन-गदीदेखि एन-एग्लैमसम्म जालहरू फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ किसिम-किसिमका माछाहरू हुनेछन्— महासमुद्रका माछाहरूजस्तै। तर त्यसका सिमसार र दलदले ठाउँहरूका पानी त ताजा हुनेछैनन् तर ती नुनिला नै रहनेछन्। नदीका दुवै किनारमा अनेक किसिमका फलफूलका रूखहरू उम्रनेछन्। तिनीहरूका पात ओइलाउनेछैनन्। तिनीहरूका फलहरू कहिल्यै शेष हुनेछैनन्। तिनीहरूले हरेक महिना नै फल दिनेछन्, किनभने पवित्रस्थानदेखि तिनीहरूमा पानी बग्छ। तिनीहरूका फल खानाको निम्ति र तिनीहरूका पातचाहिँ आरोग्यको लागि हुनेछन्।”
इजकिएल 47:6-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले मलाई सोधे, “हे मानिसको छोरा, के तँ यो देख्दैछस्?” त्यसपछि तिनले मलाई फर्काएर फेरि त्यस नदीको किनारमा लगे। जब म त्यहाँ आइपुगेँ, तब मैले नदीका दुवै किनारमा धेरै रूखहरू देखेँ। तिनले मलाई भने, “यो पानी पूर्वी इलाकापट्टि बग्छ, र त्यहाँदेखि अराबामातिर जान्छ; त्यसपछि यो पानी मृत सागरमा मिसिन्छ। जब यो समुद्रमा पस्छ, तब त्यहाँको नुनिलो पानी सफा हुन्छ। जहाँ-जहाँ यो नदी बग्छ, त्यहाँ जीवित प्राणीहरूका झुण्डहरू जीवित रहनेछन्। त्यहाँ धेरै संख्यामा माछाहरू हुनेछन्; किनकि त्यो पानी त्यहाँ बग्छ, ताकि नुनिलो पानीलाई ताजा बनाइदिओस्; यसरी जहाँ यो नदी बग्छ, त्यहाँ सबै कुरा जीवित रहनेछन्। जालहारीहरू समुद्रको किनारामा उभिनेछन्; एन-गदीदेखि एन-एग्लैमसम्म जाल फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ धेरै किसिमका माछाहरू हुनेछन्—भूमध्य सागरका माछाहरूजस्तै धेरै किसिमका माछाहरू हुनेछन्। तर दलदले ठाउँ र सिमसारहरू सफा पारिनेछैनन्; ती नुनकै निम्ति नुनिला छोडिनेछन्। नदीका दुवै किनारहरूमा सबै किसिमका फलफूलका रूखहरू उम्रेर बढ्नेछन्। तिनीहरूका पातहरू ओइलाउने छैनन्, न त तिनीहरूले फल दिन छोड्नेछन्। तिनीहरूले प्रत्येक महिना ताजा फल दिनेछन्; किनकि ती फलफूलको बोटहरूका निम्ति पवित्रस्थानबाट पानी बगेर आउँछ। तिनीहरूका फलहरू भोजनका निम्ति र तिनीहरूका पातहरू औषधीका निम्ति काम लाग्नेछन्।”

इजकिएल 47:6-12 पवित्र बाइबल (NERV)
तब त्यस मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! के तिमीले जुन चीजहरू देख्यौ त्यसप्रति ध्यान दियौं?” तब त्यो मानिसले मलाई खोलाको किनारमा फर्काई ल्यायो। म खोलाको किनारतिर फर्किने बित्तैकै मैले खोलाको दुवै तिर धेरै रूखहरू देखें। त्यस मानिसले मसँग भन्यो, “यो पानी पूर्वको अराबा बेंसीतर्फ तल बग्दैछ पानी खारा समुद्र सम्म पुग्छ। त्यो समुद्रमा पानी स्वच्छ अनि ताजा हुन्छ। यो पानीमा धेरै माछाहरू छन् अनि यो पानी जहाँ जान्छ त्यहाँ धेरै पशुहरू बास गर्छन्। तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एग्लैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा-समुद्रमा छन्। तर दलदल अनि खाल्डाको प्रवेश क्षेत्र सानो बनाउँनु सकिँदैन। त्यो नुनको लागि छोडिन्छ। हरेक प्रकारको फलदार वृक्षहरू नदीको दुवै किनारमा उम्रिन्छन्। यसको पातहरू कहिल्यै सुक्दैन पनि मर्दैन पनि। यी वृक्षहरूमा फल लाग्न कहिल्यै पनि छोड्दैन। वृक्षले प्रत्येक महिनामा फल दिन्छ। किनकि रूखहरूको लागि पानी मन्दिरबाट आउँछ। त्यो रूखको फलहरू भोजन बनिन्छ अनि त्यसको पातहरू औषधी बनिन्छ।”
इजकिएल 47:6-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनले मलाई भने, “ए मरणशील मानिस, यी सबै राम्ररी हेरिराख्।” त्यसपछि ती मानिसले मलाई फर्काएर फेरि नदीको किनारमा पुर्याए। त्यहाँ पुगेर नदीका दुवै किनारमा मैले अति धेरै रूखहरू देखें। तिनले मलाई भने, “यो खोला देशको पूर्वपट्टि यर्दनको बेसीसम्म र त्यसपछि मृत-सागरसम्म बगेर जान्छ अनि त्यहाँ पुगेर समुद्रको नुनिलो पानीलाई सफा बनाउँछ। खोला जहाँ-जहाँ बगेर पुग्दछ, त्यहाँ हरेक किसिमका जीवित प्राणी र माछाहरू जिउनेछन्। त्यस खोलाले मृत-सागरसम्मको पानी सफा पार्नेछ र जहाँ-जहाँ त्यो बहनेछ, त्यहाँ हरेक चीज बाँच्नेछ। एन-गदीका धाराहरूदेखि एन-एग्लैमका धाराहरूसम्म समुद्रको किनारमा जलाहारीहरू हुनेछन् र त्यहाँ तिनीहरूले जालहरू फिंजाएर सुकाउनेछन्। भूमध्य सागरमा झैँ त्यहाँ पनि थरी-थरीका माछाहरू हुनेछन्। तर समुद्र किनारका दह र सिमसारहरूका पानी भने सफा पारिनेछैनन्। त्यहाँबाट नुन बटुलिनेछ। नदीका दुवै किनारमा सबै प्रकारका रूखहरू उम्री फल दिनेछन्। तिनीहरूका पातहरू कहिल्यै ओइलाउनेछैनन् र फल बाह्रै मास फलिरहनेछन्। हरेक महिना तिनीहरूमा नयाँ-नयाँ फल लाग्नेछ किनभने तिनीहरूलाई मन्दिरबाट बगिआउने खोलाको पानीले भिजाउनेछ। ती रूखहरूले खानको निम्ति फल दिनेछन् र तिनका पातहरूले मानिसहरूको रोग निको पार्नेछन्।”