तिनले मलाई सोधे, “हे मानिसको छोरा, के तँ यो देख्दैछस्?” त्यसपछि तिनले मलाई फर्काएर फेरि त्यस नदीको किनारमा लगे। जब म त्यहाँ आइपुगेँ, तब मैले नदीका दुवै किनारमा धेरै रूखहरू देखेँ। तिनले मलाई भने, “यो पानी पूर्वी इलाकापट्टि बग्छ, र त्यहाँदेखि अराबामातिर जान्छ; त्यसपछि यो पानी मृत सागरमा मिसिन्छ। जब यो समुद्रमा पस्छ, तब त्यहाँको नुनिलो पानी सफा हुन्छ। जहाँ-जहाँ यो नदी बग्छ, त्यहाँ जीवित प्राणीहरूका झुण्डहरू जीवित रहनेछन्। त्यहाँ धेरै संख्यामा माछाहरू हुनेछन्; किनकि त्यो पानी त्यहाँ बग्छ, ताकि नुनिलो पानीलाई ताजा बनाइदिओस्; यसरी जहाँ यो नदी बग्छ, त्यहाँ सबै कुरा जीवित रहनेछन्। जालहारीहरू समुद्रको किनारामा उभिनेछन्; एन-गदीदेखि एन-एग्लैमसम्म जाल फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ धेरै किसिमका माछाहरू हुनेछन्—भूमध्य सागरका माछाहरूजस्तै धेरै किसिमका माछाहरू हुनेछन्। तर दलदले ठाउँ र सिमसारहरू सफा पारिनेछैनन्; ती नुनकै निम्ति नुनिला छोडिनेछन्। नदीका दुवै किनारहरूमा सबै किसिमका फलफूलका रूखहरू उम्रेर बढ्नेछन्। तिनीहरूका पातहरू ओइलाउने छैनन्, न त तिनीहरूले फल दिन छोड्नेछन्। तिनीहरूले प्रत्येक महिना ताजा फल दिनेछन्; किनकि ती फलफूलको बोटहरूका निम्ति पवित्रस्थानबाट पानी बगेर आउँछ। तिनीहरूका फलहरू भोजनका निम्ति र तिनीहरूका पातहरू औषधीका निम्ति काम लाग्नेछन्।”
इजकिएल 47 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 47:6-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू